फासीको डोरी जलाएर सांकेतिक विरोध

Tha Ka Sa, Dastako Dori 01

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको मूल घटक थारु कल्याणकारिणी सभाले फाँसीको डोरी जलाएको छ। सभाले राजधानीसहित तराईका विभिन्न जिल्लामा फासीको डोरी जलाएको हो।
राज्यले थारुहरुलाई फासीको डोरीमा चढाएको भन्दै डोरी जलाएर सांकेतिक विरोध गरेको सभाका राजकुमार लेखीले बताए। उनका अनुसार बानेश्वरमा फासीको डोरी जलाएर विरोध गरिएको हो। राज्य र चार दलका नेताले नटेरे आन्दोलन चर्काउने चेतावनी दिए।
Tha Ka Sa, Dastako Dori 02

सभाकै आयोजनामा विराटनगर, सप्तरी, रौतहट, बारा, पर्सालगायतका ठाउँमा फासीको डोरी जलाइएको थियो।
संघर्ष समितिले हिजो राजधानीसहित तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको थियो। समितिले आजदेखि तराईमा ६ दिने आमहड्तालसमेत घोषणा गरेको छ।

Tha Ka Sa Mahila 02

Tha Ka Sa Mahila 01

Tha Ka Sa Mahila 03

Leave a Reply

Your email address will not be published.