सन्जय थारु
देशको चौथो ठूलो जातिलाई हरेक प्रदेशमा दशौं स्थान बनाएपछि अब त थारु चुनाव जित्न पनि सक्दैनन्। हामीलाई सबै प्रदेशमा अल्पमतमा पारिएको छ ताकि हामी र हाम्रो जमिनमाथि प्रभुत्व पहाडीको कायम रहोस्। केही वर्षदेखि मुक्त हुन खोजेको कमैया कमलरी प्रथा त अब फेरि सुरूवात पो भयो। पहिला पश्चिममामात्र थियो। अब पूरै देशभरिका थारु कमैया कमलरी हुने देखियो। अल्पमतमा परेपछि न हामी आफ्नो अनुकूल कानुन बनाउन सक्छौं, न आफ्नो परमपरा बचाउन उच्च तहमा पुग्न सक्छौं।
अहिले ४२ जना थारु सभासद छन्। अब ६ प्रदेशमा १० पनि पुग्नेछैन। प्रत्येक प्रदेशमा थारु दशौं स्थानमा छ। अब कुनै यस्तो प्रदेश कहाँ होला जहाँ थारु भाषा सरकारी कामकाजको भाषा बनाउने? त्यसैले थरुहट भूमि टुक्राएको कदापि मान्दैनौं। थरुहट भूमि हजारौं वर्षदेखि हाम्रो थियो, हाम्रै रहन्छ र हाम्रै हुनुपर्छ। त्यसैले जाग थारु हो, यो कमैया कमलरी फेरि सुरूवात गरेको प्रथाविरुद्ध जागौं। आफ्नो भूमि बचाउन जागौं। यो आन्दोलन भूमिको लडाइँ हो। यो हाम्रो पुर्खाको विर्ता हो ती पहाडी शासकको होइन। हामी थारुलाई कमजोर पार्न हाम्रो भूमिलाई टुक्रा टुक्रा पारिएको छ। यसलाइ बचाउन एक हौं।
आ-आफ्नो ठाउँबाट थरुहट आन्दोलनलाई भौतिक, आर्थिक, नैतिक, हरेक तवरले लडौं। यो लडाइँ हाम्रो पुर्खाको भूमी, हाम्रो इतिहासमात्र नभइ भविस्यको सन्ततिको लागि पनि हो।
आज हामी पुर्खालाई गाली गर्छौ कि हामी पहिले राजा थियौं, हात्ती घोडा र हजारौं बिघा जमिन कसरी बेच्यौं भनेर तर भोलि हाम्रो सन्ततिले हामीलाई गाली नगरोस् कि जमिन त छोडौं अधिकार र हक पनि बेचेर मर्यो भनेर।
तसर्थ थारु हक, अधिकार र पहिचानको लागिमात्र नभइ यो जमिनको लडाइँ हो। हामीसँग भूमी नै नभएपछि कहाँ खोज्ने इतिहास, हक र अधिकार?
इतिहासको पानामा नरहोस् थारुको भुमि, पहिचान त्यसैले आन्दोलनको लागि एक जुट हुनुको विकल्प छैन। हामी आफ्नो भूमिको लागि मर्न र मार्न पनि तयार रहनुपर्छ। आन्दोलन निर्णायक नै हुनुपर्छ।
जय थरुहट
हुँदैन बिहान मिर मिरे तारा झरेर नगए
बन्दैन थरुहट भूमी दुई चार थारु सहिद बनेर नगए