नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा भर्खरै सम्पन्न मैत्रीपूर्ण खेलमा विश्व–११ टोलीले नेपालमाथि ३७ रनले जित निकालेको छ। टस जितेर ब्याटिङ गरेको विश्व–११ ले निर्धारित २० ओभरको खेलअन्तर्गत १९.४ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १३५ रनको मध्यम लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि ओपनर अनिल मण्डल र राजु रिजालले १७-१७ रनको योगदान दिँदा अर्का ओपनर नरेश बुढाएर र सिद्धान्त लोहनीले १३-१३ रन जोडेका थिए।
त्यस्तै, शरद भेषवाकर र मेहबुब आलमले ११-११ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो रनको अङ्कसमेत जोड्न सकेनन्। यसअघि, अविनाश कर्णले कप्तान सनथ जयसूर्या व्यक्तिगत ६ रनमा आउट गराएर विश्व–११ लाई दबाबमा ल्याएका थिए।
त्यसपछि आएका मार्कुस स्टाइनिसले ४८, बेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा शोहाग गाजीले अविजित १६ रन बनाएपछि विश्व–११ ले १३५ रनको मध्यम स्कोर बनाउन सफल भयो। नेपालका लागि अविनाश, शरद, राजेश र सिद्धान्तले २÷२ तथा शक्ति गौचन र मेहबुबले १-१ विकेट लिए।
‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्या हुन्। नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गरेका थिए।
मैत्रीपूर्ण खेलबाट उठेको ७० प्रतिशत रकम भूकम्पपीडितलाई सहयोग स्वरुप प्रदान गरिने तथा ३० प्रतिशत रकम नेपाली क्रिकेटको विकासमा खर्च गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर