रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा

Ramjanam Chaudhary

थारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको संयोजकमा रामजनम चौधरी छन्। प्रवक्तामा एमाओवादीका अमनलाल मोदी र कोषाध्यक्षमा नेपाली कांग्रेसका तेजुलाल चौधरी छन्। समितिको सदस्यमा सबै थारु सभासद्हरु छन्।
समितिले आन्दोलन सञ्चालनका लागि गोपाल दहितको संयोजकत्वमा उपसमिति गठन गरेको छ। जसको सदस्यहरुमा सन्तकुमार चौधरी, गौरीशंकर चौधरी, जनकराज चौधरी, मीना चौधरी र कल्पना चौधरी रहेका छन्।

त्यस्तै शनिबारै थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितको नेतृत्वमा राजनीतिक सम्बाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई भेटेर तराईका जिल्ला थरुहट प्रदेशमा राख्न दबाब दिएका छन्। उनीहरुले कैलाली कञ्चनपुर कुनै हालतमा पहाडमा मिसाउन नहुने भन्दै सभापति भट्टराईलाई आग्रह गरेका थिए।

7 thoughts on “रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा

  1. Now we must raise a very hard movement ..we are always suppressed .They have already looted our identity ,property .All ,everything …we don’t have anything …so movement is the only way to get back all these things .

  2. बधाइ छ हामी साथ दिन तयार छौ।तर खरदार थारु सभासद नेताहरु थरुहत भुमी को सवालमा राजनिति वा तपाईंहरु बिच असमझदारी भयो भने थरुहत भुमी को लागि तपाइहरुलाइ पहिलो सहिद हामि थारुहरुले नै बनाउने छौ।।सबैलाइ स्मरण रहोस।

  3. खोई मुखैले मात्र हो की कामले पनि हो । तर दबाब दिन चाही नछाडनुस कैलाली र कन्चनपुर लाई मात्र हैन मोरङ र सुनसरीलाई पनी पहाडमा गाभनु भएन । हामी तपाईको साथमा छौ, जय थारुहट ।

  4. Don’t rape the thematic goal of movement. Every turning point has emotion which can be replaced by indigenist cosciousness and conviction of alternate paradigm for next movement.

  5. This is the time we have to go forward for our rights. so, Lets rise from own place and contribute as much as possible to make pressure on them. We are not their Slaves …Hamee chup lagera basdainau aba.

  6. हामी थारू जनता ले जे गर्नु पर्छ ।गर्दै छौं र अझ गर्न तयार छौं तर माथिल्लो लेबल का नेता हरु एक एक गर्दै गद्दार निस्किए के गर्ने चिन्ता लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *