प्रचण्ड र गच्छदारलाई थारु सभासद्को चेतावनी- कैलाली-कञ्चनपुरलाई अखण्ड सुपमा नगाभ

फाइल तस्बिर
फाइल तस्बिर

विभिन्न दलका थारु सभासदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई भेटी कुनै पनि हालतमा कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा नपार्न चेतावनी दिएका छन्।

विभिन्न दलका थारु सभासदले शनिबार दाहाल र गच्छदारलाई छुट्टाछुट्टै रुपमा भेट गरी सो चेतावनी दिएका हुन। सो अवसरमा सभासदहरुले एमाओवादीलाई आफ्नो अडानबाट पछि नहट्न आग्रह गरेको भेटमा सहभागी सभासद गोपाल दहितले जानकारी दिए । जवाफमा दाहालले आफ्नो अडान यथावत राखेर सहमतिको प्रयास गरिएको बताएका थिए । दाहालले संविधान जारी गर्न सबैले केही न केही त्याग गर्नुपर्ने भन्दै तर त्यसका लागि कसैको पनि अधिकार कुण्ठित नपार्ने आश्वासन दिएका थिए।गच्छदारसँगको भेटमा सभासदले चार दलीय मोर्चा छोडेर आन्दोलनमा आउन आग्रह गरेका थिए । उनीहरुले आन्दोलनमा आए आफूहरुको साथ रहने बताएका थिए । जवाफमा गचछदारले आन्दोलन भन्दा पनि अहिलेको आवश्यकता संविधान बनाउनु रहेको भन्दै सबैको जित हुनेगरी संविधान निर्माण गर्ने काम भइरहेको बताएका थिए ।

विभिन्न दलका थारु सभासद एमाओवादी आफ्नो अडानबाट पछि हटेको सुचना पाएको भन्दै शनिबार विहानै एमाओवादी अध्यक्ष दाहालसँग भेट गरेका थिए।

5 thoughts on “प्रचण्ड र गच्छदारलाई थारु सभासद्को चेतावनी- कैलाली-कञ्चनपुरलाई अखण्ड सुपमा नगाभ

  1. प्रचण्ड मात्रै होइन गच्छदार पनि हटे त आखिर । यी डाँकाहरु आदिबासीहरुप्रति किन यति क्रुद्ध छन् । जहिले नि अधिकारको बिरुद्धमा बिष बमन गरिरहेकै छन् ।

  2. अखिर प्रचण्ड ले आफ्नो थर \ अस्लियत रंग ,रुप देखाइ छदयो ।यसलाई आदिवासी बालिदानी रगतको स्राप लग्ने छ ।

Leave a Reply

Your email address will not be published.