थारु कल्याणकारिणी सभाले नीतिविपरीत कार्य गर्ने तीन जिल्लाका सभापतिसँग स्पष्टीकरण माग गरेको छ। बुटवलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मोरङ, सुनसरी र कैलालीका सभापतिहरुसँग स्पष्टीकरण माग गरेको छ। सभाले पूर्वअध्यक्ष चन्द्रकुमार चौधरीले बरबुजारत नबुझाएको भन्दै अन्तिमपटक १५ दिने म्याद दिएको छ। यो अवधिमा पनि नबुझाए प्रचलित नियमअनुसार कारबाही प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको छ।
त्यस्तै कमलरी प्रथा र बाल विवाह, दहेज प्रथाको विरोध गर्दै सशक्त अभियान चलाउने निर्णय गरेको छ। यसका लागि थारु महिला सभाले तराईका विभिन्न जिल्लामा अभियान सुरु गरिसकेको सभाका अध्यक्ष धनिराम चौधरीले बताए। थारु समुदायमा बालबालिकालाई कमलरी पठाउने र कलिलै उमेरमा विवाह गर्ने, दाइजो माग्ने प्रथाविरुद्ध अभियानको थालनी गरेको उनले बताए।
त्यस्तै बैठकले चार दलबीच भएको १६ बुँदे सहमतिको विरोधसमेत जनाएको छ। त्यस्तै असोज १, २ र ३ गते चितवनमा राष्ट्रिय प्रशक्षण भेला गर्ने निर्णय गरेको छ।
बैठकले सिकल सेल एनिमिया, थारु संग्रहालय र थारु सहिदहरुप्रति उदासीन देखिएकाले ज्ञापन पत्र बुझाउने निर्णयसमेत गरेको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर