थरुहट जिल्लामा राहत संकलन अभियान चलाउँदै थाकस

फाइल तस्बिर
फाइल तस्बिर

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाले भूकम्प पीडितका लागि राहत संकलन अभियान सुरु गरेको छ । चितवनमा बसेको सचिवालय बैठकले थरुहट जिल्लामा राहत संकलन अभियान चलाउने निर्णय गरेको हो । ‘वैशाख १२ गते आएको महाभूकम्पले हजारौं मानिसको ज्यान गएको छ । लाखौं मानिस घरबारविहीन भएको छ । यस्तो वितद्का बेला सबैले गच्छअनुसार सहयोग गरिदिनुहुन थारु कल्याणकारिणी सभा अपिल गर्दछ,’ निर्णयमा उल्लेख छ ।
केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीका अनुसार सभाले उद्धार हुन बाँकीको यथाशिघ्र उद्धार, ज्यान गुमाएरकाहरुलाई तत्काल राहत पु¥याउन सरकारसँग अपिल गरेको छ । उनले सभाका पदधिकारीहरु प्रधानमन्त्री सुशील कोइरालालाई भेटेरै भूकम्प पीडितलाई तत्काल सहयोग गर्न दबाब दिने बताए ।
सभाले पीडित परिवारलाई भेटेरै संवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ । यही सिलसिलामा सभाको एक टोली पीडित परिवारलाई भेट्न उदयपुर पुगेको छ । सभाका सदस्य प्रथमलाल चौधरीकी छोरी पनि भूकम्पमा ज्यान गुमाएकाले शोकाकुल परिवारलाई भेट्न उदयपुर आएको राजकुमार लेखीले बताए । उनका अनुसार प्रथमलालकी छोरी सिन्धुपाल्चोकमा कामको सिलसिलामा पुगेकी थिइन् । सोही बेला आएको भूकम्प परी उनले ज्यान गुमाएका थिए ।

केन्द्रीय प्रशिक्षण विभागमा ९ जनाको मनोनय
बैठकमा थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागमा ९ जनालाइ मनोनयन गरेको छ । जसअन्तर्गात काठमाडौं बस्दै आएका रामलाल चौधरी, सप्तरीका राजेन्द्र चौधरी, उदयपुरका रामानन्द चौधरी, कैलालीका गीता चौधरी, मोरङका कानुनलाल चौधरी, झापाका कृष्णा चौधरी, बाराका राजकुमार चौधरी, सप्तरीका शत्रुधन चौधरी छन् ।

थारु विद्यार्थी सभा गठन गरिने
थारु कल्याणकारिणी सभाले महिना दिनअघि विभिन्न भातृ संगठन विस्तार गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै सभाले थारु विद्यार्थी सभा पनि गठन गर्ने भएको छ । थारु विद्यार्थी समाजले सभाको भातृ संगठनमा बस्न नमानेपछि छुट्टै संगठन विस्तार गर्ने तयारी गरेको लेखीले बताए । यसअघि सभाले थारु युवा सभा, थारु महिला सभा, शिक्षक सभा, थारु भाषा तथा साहित्य सभा विस्तार गरेको थियो ।

जनजाति प्रतिष्ठानको पदाधिकारीमा पहल गर्ने
थारु कल्याणकारिणी सभा सचविालय बैठकले आदिवासी जनजाति प्रतिष्ठानको पदाधिकारमिा थारुहरुको पनि सहभागिता हुनुपर्ने भन्दै सोको लागिपहल गर्ने निर्णय गरेको छ । दुई दसकसम्म राई, लिम्बु, तामाङ, शेर्पाहरुको हालीमुहाली रहँदै आएको भन्दै सचविालय सदस्य लेखीले अब थारुहरुले पनि प्रतिष्ठानको उपाध्यक्ष र सचिव पद पाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.