मिस नेपालले आवेदन खुल्यो

Miss Nepal Application opensमिस नेपाल २०१५ को २० औं संस्करण आउँदो वैशाख ४ मा अन्नपूर्ण होटलमा हुने भएको छ। प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको घोषणा आइतबार अन्नपूर्ण होटलमा गरियो। प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन १६ सम्म फारम भरी ६ हप्ते गहन तालिममा सामेल हुनुपर्ने बताइएको छ। वन्यजन्तु तथा प्रकृति संरक्षण र महिला हिंसाविरुद्ध प्रशिक्षण गराइने आयोजक हिडन ट्रेजरले जानकारी गरायो।

कार्यक्रममा प्रायोजक रहेको बोटलसर्् नेपालका सलमान लतिफ रनले लगातार तेस्रो वर्ष पनि मिस नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। ‘जो सुकै विजयी भए पनि प्रतियोगीहरुको क्षमता अभिवृद्धिका लागि हामीले अझै वृहद्स्तरमा गर्दैछौं, यसले उहाँहरुको जीवनमा व्यापक परिवर्तन ल्याउनेछ,’ उनले भने।

नयाँ प्रायोजकका रुपमा आएको चीनको मोबाइल फोन कम्पनी जोनीका अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापक वायन सीले जोनीको खास अर्थ ‘सुनौलो स्तर’ भएको र मिस नेपाल पनि सुनौलो स्तरका हुने हुनाले प्रायोजन गर्न तत्पर भएको बताए।

मिस नेपाल २०१४ सुविन लिम्बुले मिस नेपाल हुनु आफ्नो जीवनकै अद्भूत अनुभव रहेको बताउँदै अब आउने नयाँ मिस नेपाललाई ताज फर्काउनु पर्दा दुःख लागिरहेको भए पनि सक्षम नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन पाउँदा आफूलाई खुसी लाग्ने बताइन्।

हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले विराटनगर, धरान, पोखरा, चितवन, बुटवल, वीरगञ्ज, नेपालगञ्जजस्ता शहरहरुमा योग्य मिस नेपालको छनोट कार्यक्रम चलाउने जानकारी दिए।

१९ देखि २४ वर्ष उमेर समूहका १२ कक्षा पास गरेका युवतीहरुले भाग लिन पाउने पनि जानकारी दिइयो। यस पटकको प्रतियोगितामा मिस नेपाल वर्ल्ड हुनेले १ लाख, मिस नेपाल अर्थ हुनेले ६० हजार र मिस नेपाल इन्टरनेसनल हुनेले ४० हजार नगद पुरस्कार हात पार्नेछन्।

यसपटक पनि कोरियाग्राफीको जिम्मेवारी रचना गुरुङ शर्मा, सहायक कोरियोग्राफर माल्भिका सुब्बा, फोटोग्राफर राजभाइ सुवाल रहनेछन्।

फारम यहाँबाट डाउनलोड गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published.