कोचिला बन्दले पूूर्वको जनजीवन प्रभावित

purba bandaमोहन वैद्य नेतृत्वको नेकपा-माओवादी कोचिला राज्य समितीले गरेको बन्दका कारण आज पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पसल, उद्योग, कलकारखाना, यातायातका साधन, शैक्षिक संस्था ठप्प भएका छन् । यातायातका साधनहरु नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । यद्यपी पूर्वका पहाडी जिल्लाहरुमा भने आंशिकरुपमा यातायातका साधनहरु चलेको जानकारी प्राप्त भएको छ।

आगामी माघ ८ मा जारी हुने संबिधान तत्काल विघटन गरी राष्ट्रिय सभामार्फत जनसंविधान घोषणा गरीनुपर्ने , दोस्रो संविधानसभा निर्वाचन बहिष्कारको क्रममा लगाइएका झुटा आरोपहरु तत्काल हटाइनुपर्ने, जनआन्दोलनका घाइते , बेपत्ता परिवार तथा शहिदहरुको परिवारलाई पूर्णबासको ब्यवस्था मिलाइनुपर्ने, खाना पकाउने एलपी ग्यासलगायत दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव अन्त्य गरी सहज ढङ्गले उपलब्ध गराउने बेवस्था मिलाइनुपर्ने जस्ता मागहरु राख्दै माओवादीले आजका लागि एक दिने पूर्वाञ्चल बन्दको आहवान गरेको हो।

बन्दको समयमा प्रेस, एम्बुलेन्स, सरकारी गाडी, दुधको गाडी, कूटनीतिक संस्थाको गाडीलगायत अति आवश्यकीय साधन भने निर्वाधरुपमा चल्न दिइएको छ।

बिहीबार साँझ मसाल जुलुस निकाल्दै माओवादीले एक दिने पूर्वाञ्चल बन्दको घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published.