भाषा प्रवर्द्धन गर्दै थारु साहित्यकार

Tharu Sahityakar-1  सन्तोष दहित- देशविदेशमा अहिले साहित्यको चर्चा ब्यापक हुँदैछ। यो हुनु स्वभाविक पनि हो। किनकि हरेक क्षेत्रलाई उजागर गर्ने माध्यम साहित्य बनेको छ। आफ्नो दुःखसुख अनि मनमा भएको भावनालाई साहित्यकको माध्यमबाट स्रोताहरुमाझ ल्याउने काम भइरहेको छ।

साहित्यिक क्षेत्र अहिले एउटा बर र पिपलको चौतारी भएको छ। त्यही भएर हिजोआज त्यो चौतारीमा होस्, हलमा होस् या एउटा सानो कोठामा किन नहोस् दैनिक साहित्यिक शब्दहरु गुन्जिन थालेका छन्।

देश विदेशको विभिन्न कुना काप्चामा साहित्यिक कार्यक्रम गुन्जिरहँदा थारु साहित्यकारहरु पनि आफ्नै भाषामा साहित्यक सिर्जना गरेर विभिन्न जिल्लामा जुर्मुराउँदैछन्। खासगरी पछिल्लो समयमा थारु भाषा लोप हुन थालेपछि साहित्यमार्फत् भाषालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साहित्यक कार्यक्रम विभिन्न जिल्लामा नियमितरुपमा सञ्चालमा ल्याउनको लागि थारु साहित्यकारहरु लागि परेकाछन्।

विभिन्न जिल्लामा कुनै न कुनै संस्था, समूह गठन गरेर साप्ताहिक, पाक्षिक र मासिकरुपमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। दाङमा हर्चाली समूह, बाँकेमा जंग्रार साहित्यिक बखेरी, काठमाडौंमा बखेरी साहित्यक समूह। यस्तै यस्तै समूह गठन गरेर भाषिक साहित्यिक कार्यक्रम थारु समुदायले गर्दै आएका छन्।

हर्चाली समूह दाङले मंगलबार घोराहीमा बृहत् थारु साहित्यक कार्यक्रमको आयोजना गर्योह। उक्त साहित्यक कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी काठमाडौंबाट भाग लिन आइपुगेका थिए।

सुर्खेतबाट दिर्ग चौधरी, बाँकेबाट कमल चौधरी र विभिन्न जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता थियो। जमघट हेर्दा साँच्चिकै थारुहरु आफ्नो भाषाप्रति गम्भीर भएको प्रष्ट हुन्थ्यो। अघिपछि थारु भाषामा बोल्नलाई लाज मान्नेहरु जानी नजानी थारु भाषामा बोलिरहेका थिए।

कार्यक्रममा उनीहरुले थारु भाषामा बोलिने ठेट थारु शब्द नै लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए। थारु भाषाका ठेट शब्द खोजी गर्न र यसको संरक्षण र प्रवर्द्धनको माध्यम साहित्यिक कार्यक्रम भएको निष्कर्ष निकालिएको थियो।

Tharu Sahityakar-2

यसको लागि छिट्टै थारु व्याकरण ल्याउनुपर्ने निष्कर्ष पनि भेलाले निकालेको थियो। कार्यक्रममा करिब दुई दर्जन थारु भाषामा गजल, कबिता, मुक्तक, गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारु साहित्यकारहरुले थारु शब्द (भाषा)मा यसरी सम्झे आफ्नो इतिहासलाई।

हमार आपन छुट्ट पहिचानले थारु आदिवासी हुइली

भगवान गौतम बुद्धके आशिर्वादले साहसी हुइली

 धर्ति फोर्ली, बन्वा फर्ली रत तराईम बस्ती बैठल

के जमाईल अधिकार, थारु जाति सुकम्बासी हुइली

 कहाँ कहाँसे बस्ती उठल थारु जातिन कमैया कमलरी

लम्मा नाकके मनै मालामाल, थारु अधिकारीके प्यारी हुइली

यो गजलको माध्यमबाट थारु साहित्यकार दीर्ग चौधरीले भने, ‘थारु समुदायको आफनो छुट्टै पहिचान छ, थारु गौतमका सन्तान हुन, यो तराईमा रहेको पहाड हामीले फोड्यो, जंगल फाड्यो अनि तराईमा बस्ती बस्यो। तर जसले यसरी मेहनत गरेर तराईलाई हराभरा बनायो, उही समुदाय तराईको कमैया, कमलरी बन्न पर्ने यो कस्तो विड्म्ना हो। यसको गम्भीर समीक्षा गर्नैपर्छ’ गजलमार्फत् सन्देश दिए।

Tharu Sahityakar-3

त्यसैगरी साहित्यकार तथा गायक माधव अनुरागीले आफ्नो कवितामार्फत् हाम्रो आवाज कसले सुन्छ, मैले बोल्ने भाषा बुझ्ने ठाँउ कहाँ खोज्न जाउँ कसले बुझिदिन्छ मेरो भाषा। अब त हामी केही गर्नैपर्छ, बौल्ने पर्छ, उठ्नै पर्छ चेतनामुलक कविता प्रस्तुत गरे उक्त कविताके केही अंश।

‘बोली यीहा के सुनी

म्वार विचार यीहा के गुनी

म्वार भाषा बुझ्ना ठाउँ

ख्वाज जाउँ मै कहाँ जाउँ

पस्तौ हुइल पियासल भुँखल

कुपोषले यी जीउ सुखल

भन्सम खैना तयार बा

भन्सहरी हमार लाग बहिर बा

किउ भन्सरी निबुझट, निबुझअस किउ कर्ठ

ख्वाटर ओ झ्वार हम डेक, मिठ फारा आपन ओर पर्ठ

यस्तै यस्तै चेतना मुलक, माया प्रितीका कुरा, गजल, मुक्तक, कवितामार्फत् कार्यक्रममा थारु साहित्यकारहरुले प्रस्तुत गर्न भ्याए। कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्णराज सर्वहारीले समीक्षा गरेका थिए। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी, साहित्यकार लब्लीन क्यान्भास, दीर्ग चौधरी, केवि चौधरी, माधब अनुरागि, छविलाल कोपिला, सन्तोष दुख्यारी, प्रकासप्रिय कुशुम्या, राजकुमार कान्छा, सुनिता चौधरी, हिमाल चौधरी, सिता दहित, संगिता चौधरी, विनोद चौधरी, नविन चौधरीलगायतले आफ्नो प्रतिभा बाचन गरेका थिए।

नियमितरुपमा थारु भाषामा साहित्य कार्यक्रमलाई अगाडि बढाउने सक्ने हो भने थारु भाषाको संरक्षण र प्रवर्द्धनमा केही हदसम्म सहयोग नहोला भन्न सकिन्न। सबैभन्दा पहिलो प्रयास नै ठुलो हो त्यसपछि निरन्तर दिन सक्ने हो भने अवस्य सफल हुन्छ।

2 thoughts on “भाषा प्रवर्द्धन गर्दै थारु साहित्यकार

  1. आग्रह पुर्बाग्राहमे लिखल समाचार हो कि का रु, साहित्यकारके बरियाताक्रम फेन नि मिलल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *