नक्कली नोटले तीन तोला सुन किनेका थिए आशिषले

Ashish Chadhary From Dang_Fake Currency

नक्कली नेपाली रुपैयाँ सहित काठमाडौंमा पक्राउ परेका आशिष चौधरीले नक्कली रुपैयाँमा दाङ तुलसिपुरको बिजय सुनचाँदी पसलबाट सुन किनेको पुष्टी भएको छ। ७ हजार ५ सय नक्कली रुपैयाँ सहित बिहीबार नयाँ बसपार्कमा पक्राउ परेका चौधरीले १ लाख ३३ हजारमा पौने तीन तोला सुन किनेका थिए। उनले सुन बापत दिएको १ लाख ३३ हजार रुपैयाँ मध्ये १८ हजारमात्र सक्कली थियो।

सुन किन्दा उनले आफ्नो नाम बिजय चौधरी रहेको बताएका थिए। प्रहरीले सो घटना गोप्य राखेको थियो।

नक्कली रुपैयाँ सहित चौधरी काठमाडौंमा पक्राउ परेपछि मात्रै नक्कली रुपैयाँले सुन किनेको सार्वजनिक भएको थियो। महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी सानुराम भट्टराईका अनुसार सो सुन किन्ने बिजय चौधरी आशिषनै रहेको अनुसन्धानमा पुष्टी भएको छ। भट्टराईका अनुसार उनले किनेको लगत्तै सो सुन अर्को पसलमा लगेर बेचेका थिए।

आफ्नै घरमा स्क्यानर र रंगिन प्रिन्टर प्रयोग गरेर बनाएको नक्कली रुपैयाँको तुलसिपुरमा परिक्षण सफल भएपछि उनी काठमाडौं आएका थिए। नयाँ बसपार्कको एक पसलमा नक्कली रुपैयाँले कपडा किन्न खोज्दा पसल सञ्चालीकालाई शंका लागि प्रहरी डाकेपछि चौधरी पक्राउ परेका थिए। उनी काठमाडौमा पक्राउ परेलगत्तै दाङ नारायणपुर ९ बुटनियामा रहेको उनको घरमा दाङ प्रहरीले छापा मार्दा थप २० वटा ५ सय दरका नक्कली नोट फेला पारेको थियो।

यो पनि पढ्नुस्:

आशिषका बुबा भन्छन्- ‘ऋण काढेर ल्यापटप किनिदिएँ’

नक्कली नेपाली नोटसहित दाङ निवासी चौधरी पक्राउ

Leave a Reply

Your email address will not be published.