पद्यमोदयमा थारु विद्यार्थी समाजको कार्यसमिति विस्तार

2

दाङ- थारु विद्यार्थी समाज दाङको जिल्ला कार्यसमितिको अधिवेशन नजिकै गर्दा अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाका क्याम्पस, प्लस टु र स्कुलमा कार्यसमिति विस्तारन गर्ने कार्यलाई तिव्र बनाइएको छ।

दाङको सबैभन्दा ठूलो पद्यमोदय पब्लिक नमूना उच्च माविमा कार्यसमिति विस्तार गरिएको छ। थारु विद्यार्थीहरुको भेलाले शिला चौधरीको अध्यक्षतामा ४७ सदस्यी थारु विद्यार्थी समाज इकाइ कमिटी गठन गरेका छ।

उपाध्यक्षमा प्रितम चौधरी, सचिवमा विक्रम चौधरी, सहसचिवमा रामकुमारी चौधरी, कोषाध्यक्षमा सुमित्रा चौधरी र सदस्यमा सविता चौधरी, रत्ना चौधरी, लुमा चौधरी, शान्ती चौधरी, मनिषा चौधरी, तिर्थराज चौधरी, मन्जु चौधरी, सोमराज चौधरीलगायत छन्।

समाजका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका पूर्व सचिव नेत्र सागर चौधरी, संगठन विभागका सदस्य भिमवहादुर चौधरी, प्रचारप्रसार समितिका सदस्य विनोद चौधरीलगायतले थारु विद्यार्थी समाज कार्यसमिति विस्तार र थारु विद्यार्थी समाजले गर्दै आएको गतिविधिबारे जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published.