मनोज थारु- थारूको इतिहास नेपालमा परापूर्वकालदेखि नै छ। आफ्नो इतिहास थाहानपएर उनीहरूको अस्तिवमाथि खेलवाड गरिएको छ। हजारौं वर्ष पहिलेका थारू राजा दाङ्गीसरणको इतिहासले र सुनसरीको थारू राजाको दरबारहरूको भग्यावेशले सर्वसत्य थारूको इतिहासलाई प्रमाणित गर्छ कि उनीहरूको इतिहास कति पुरानो छ।
नेपाललाई एकीकरण गर्ने श्री ५ पृथ्वी नारायण शाहकी आमा र स्वास्नी थारू सामुदायको हुन् भन्दा विश्वास नलाग्ला तर सत्यता त्यही नै हो। पाल्पाका राजकुमार खमराज सेनको छोरी कैशल्यवाती र मकवानपुरका राजकुमार हेमकर्णको छोरी इन्द्रकुमारी थारू सामुदायबाट हुनुहुन्थो। यसमा कुनै दुई मत नहोला। जुन सत्य तथ्यपूर्ण छ। जुन कुरालाई थारू माहन् लेखक सुबोध कुमार सिंहले आफ्नो ‘the return of the mauryas” ra “tharu samudayaka mahan saputharu shakyamuni buddha ra samrat ashok’ मार्फत् जोडदारले समर्थन गरेका छन्।
सुरूवात ‘सेन’ शब्दबाट गरौं। के ‘सेन’ र ‘थारू’ शब्दको अर्थ एउटै हो त? सेन शब्दको अर्थ नै थारू हो भनेर दसौं शताब्दीको ऐतिहासिक दास्तवेजहरूले प्रमाणित गरिसकेको छ। तर नेपाली इतिहासकारहरूले यस तथ्यलाई लुकाएका छन्। थारू र सेनबीचको सम्बन्ध कही कतै उल्लेख गरेका छैनन्। सेनहरू सर्वप्रथम थारू प्रमुखहरूको रेखदेखमा हुर्कैका थिए। किनकि उनीहरू थारू प्रमुखहरूकै सन्तान थिए। अनि अर्को कुरा, जसरी मगर राजाहरूले शाह ‘टाइटल’ लिएर आफूलाई राजपूत, ठाकुरी भन्थे त्यसरी नै थारू राजाहरूले सेन ‘टाइटल’ लिएर आफूलाई राजपूत भन्थे र आफ्नो सामुदायबाट अलग देखाउन चहान्थे। तसर्थ यी कुराले पुष्टि गर्छ कि सेन र थारू पर्यावची शब्द हुन्।
पाल्पाका राजकुमार खमराज सेनको छोरी कैशल्यवाती र चन्द्रप्रभावाती एउटै आमाको कोखबाट जन्मेको हुन्। कौशल्यवातीबाट पृथ्वी नारायण शाहको जन्म भएको हो। अब यसको यथार्थमा जाउँ- विशेष गरी थारू युवतीहरूको नाम धेरै जासो ‘वाती’मा समाप्त हुन्छ। जास्तै कलावाती, कैशल्यवाती आदि। पाहडी सामुदायले ‘वाती’ प्रयोग गरेको देखिँदैन। त्यस्तै सम्राट आशोकको छोरीको नाम चुरामती हो। जुन कुरा चुरामती बिहारमा लेखिएको छ। थारू समुदायले दुवै ‘वाती’ र ‘मती’ नामको पछाडि प्रयोग गर्छन्। तसर्थ यो कुराले पनि पुष्टि गर्छ कैशल्लवाती थारू सामुदायकै हुन्।
पृथ्वी नारायण शाहले माकवानपुरका राजा हेमकर्ण सेनको छोरी इन्द्रकुमारीसँग विवाह भएको थियो। विवाहलगत्तै पृथ्वी नारायणले स्वास्नी लिन जाँदा हेमकर्णले आफ्नो छोरीलाई पृथ्वीनारायणसँग पठाएनन् र केही वर्षपछि लिन आउनु भनेर खाली हात फिर्ता गर्छन्। यो वैवाहिक संस्कार थारू जातिको हो। यसलाई ‘दूरागमान’ र ‘चमपरन’तिर थारूहरूले गावना भन्छन्। थारू सामुदायमा गावनापछि मात्र छोरीलाई पठाउने चालन छ। यो प्रथा अन्य जातिमा पाइँदैन्। र, अर्को महत्वपूर्ण कुरा, थारू सामुदायको महान् पर्व ‘माघी’ हो। यो पर्वलाई थारूहरूले नयाँ वर्षको रूपमा मनाउने गर्छन्। नयाँ कामको थलनी यसै दिनबाट सुरू हुन्छ। यही पर्वलाई लक्षित गरी माकवानपुरका राजा हेमकर्णले पृथ्वीनारायण शाहलाई आफ्नो श्रीमती लिन भनी बोलएका थिए।
तराईका सेन राजाहरूले कहिले पनि सत्ती प्रथा अङ्गालेनन् जसरी राजपूतहरूले अङ्गालेका थिए। किनभने थारू जातिमा सत्ती प्रथा छैन र थिएन। उदाहरणको लागि कान्तिवटी पाल्पाली राजकुमारी विधवा थिइन्। तर उनी मारेको श्रीमानको चितामा हामफालेर मरिनन् किनभने यो प्रथा सेन थारूमा छैन।
गोरखा दरबारको दास्तवेजहारूमा थारू संस्कारमा प्रयोग हुने शब्दहरू लेखिएको छ। जास्तै- मेजबानी र चिउमोन। यी दुबै शब्द पूवर्ली थारू भाषामा प्रयोग हुन्छन्। मेजबानीको अर्थ पाहुना बस्नु बुझाउँछ भने चिउमोन शब्द विहेसँग सम्बन्धित छ। जहाँ बिहेमा वा शुभकार्यमा टीका लगाउँदै पैसा वा जिन्सी सामान दिने गरिन्छ। अखिर गोरखा दरबारमा किन लेखियो थारू संस्कारमा प्रयोग हुने शब्दहरू। किन लेखिएन गुरूङ, मगर, लिम्बु इत्यादि जातिका शब्दहरू। त्यसैले कैशल्यवाती र इन्द्रकुमारी थारू नभएको भए गोरखा दरबारमा यी शब्दहरू पक्कै लेखदैन्थे होला। त्यसकारण यी दुबै शब्दले पनि पुष्टि गर्छ कि उहाँहरू थारू नै थिए। थारूको इतिहास गोरखा दरबारमा लेखिसकिएको छ। यसलाई कसैले मान्दैन भने खण्डन गर्नुपर्यो।
हामीले आफ्नो पहिचानलाई बिर्सन साक्दैनौं र कुनै शासकले पनि विनाश गर्न साक्दैन। किनभने यो नै हाम्रो पहिचान हो। हाम्रो इतिहास हो। हामी सानोदेखि जति पढ्छौं अन्त्यमा गएर सबै बिर्सन्छौं। तर आफ्नो संस्कार र इतिहास किहल्यै बिर्सदैनौं। त्यसले थारूहरूको इतिहास हेर्ने हो भने सेन राजासँग प्रास्टरूपमा जोडिदिन्छ।
लेखक बैंगलोरमा स्नातक तहमा अध्ययनरत छन्।