थाकस अध्यक्षमा तीन जनाको उम्मेद्वारी

ummedwar

विर्तामोड- थारु कल्याणकारिणी सभाको जारी २१औं महाधिवेशनमा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरी (सुनसरी), धनिराम चौधरी (रुपन्देही) र राजेन्द्र चौधरी (दाङ)ले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत बलदेव चौधरीले बताए। यसअघि ६ जनाको नाम आए पनि हरिदेवी चौधरी, अमृत खाँ र उदयनारायण चौधरी पछि हटेका छन्। उनीहरुले धनिराम चौधरीलाई सहयोग गर्ने बताए। 

यता चन्द्रकुमार र राजेन्द्र चौधरी चुनावमै जान परे पनि उम्मेदवारी फिर्ता नलिने बताए। चन्द्रकुमारले आफ्नो पक्षमा बहुमत रहेको भन्दै पछि नहट्ने बताए। धनिराम चौधरीले पनि आफ्नो पक्षमा ९५ प्रतिशत मत रहेको दाबी गरेका छन्।

त्यस्तै बलदेवका अनुसार महिलातर्फ १४ जना र भूगोलतर्फ ३० जना केन्द्रीय सदस्यको उम्मेदवारी परेको छ। तल हेर्नुस् विस्तृत नामावली।

list n

2 thoughts on “थाकस अध्यक्षमा तीन जनाको उम्मेद्वारी

  1. सक्षम र योग्य व्यक्तिको छनौट गर्न सफल हुनु होस्…. हार्दिक बधाई तथा शुभकामना…! रामलाल चौधरी, काठमाडौँ

  2. पदमै वसेर किन काम गर्ने ? अध्यक्ष भएरै काम गर्न जरूरी छ अरूलाइर् पनि मैका दिनु पर्छ नया नेपालमा नया साेच विचार वेकेका युवा पुस्तालार्इ थाकसकाे नेतृत्व गर्ने माैका दिनु पर्छ र थाकसकाे विधानमा केही बु्रदा हरूलार्इ संसाेधन गर्नु पर्ने अतिनै अावश्यकछ सवै पदमा निर्वाचन प्रणाली द्वारा चुनीनु पर्ने हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *