पत्‍नीको हत्यापछि आत्महत्या

धनगढी- धनगढी नगरपलिका-१ पशुपति टोलका एक व्यक्तिले पत्‍नीलको हत्यापछि आत्महत्या गरेका छन्। अठ्तीस वर्षीय राकेश चौधरीले आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नील रति चौधरीको बञ्चरो प्रहार गरी हत्या गरेपछि आफूले पनि कोठामै आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुई/तीन दिनअघि भएको आशङ्का गरिएको घटना ढिलो गरी आजमात्रै थाहा भएको घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक हरिसिं धामीले बताए। एकान्त ठाउँमा घर भएको र उनीहरुको छरछिमेकसँग सम्पर्क पनि कम हुने गरेको कारण घटना ढिलो गरी थाहा भएको धामीले बताए।

अलग्गै घरमा बस्दै आएका मृतक चौधरीका बुबाले छोरा बुहारीको खोजतलास गर्ने क्रममा झ्यालबाट हेर्दा दुवै कोठामा मृत देखेपछि प्रहरीलाई आज बिहान खबर गरेका थिए। चौधरी दम्पतीबीच मदिरा सेवन गरी यसअघि पटकपटक झैँझगडा हुने गरेको छरछिमेकीलाई उद्धृत गर्दै धामीले बताए।

मृतक राकेश ब्लड क्यान्सरका रोगीसमेत रहेको बताइएको छ। प्रहरीले दुवैको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा पुर्याेएको छ। रासस

Leave a Reply

Your email address will not be published.