काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले एसियामा आदिवासी आवाज (एआपीपी) को हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०१४ (आइभीए अवार्ड) तीन पत्रकारलाई दिने भएको छ।
यस वर्ष छापामा काम गर्ने कान्तिपुर दैनिकका प्रताप विष्ट, रेडियो मैत्रीका सञ्चाकुमारी लामा र एबिसी टेलिभिजनका मिलन लिम्बूलाई दिने निर्णय गरेको फोनिजका महासचिव गजुरधन राईले बताए। तीनै विधाका पत्रकारलाई जनही रु ४० हजार प्रदान गरिनेछ।
डा. कृष्ण भट्टचनको संयोजकत्वमा यही साउन १२ मा बसेको पुरस्कार छनोट समितिको बैठकले तीनै विधामा प्राप्त आवेदन, समाचार समाप्तिको विश्लेषण एवम् मूल्याङ्कनका आधारमा निर्णय लिएको बताइएको छ।
उत्कृष्ट ठहरिएका तीन पत्रकारलाई फोनिजको स्थापना दिवस तथा विश्व आदिवासी दिवसका दिन यही साउन २७ गते प्रज्ञाभवन कमलादीमा आयोजना हुने विशेष समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर