कन्या पुत्री

Avista Chaudharyअभिस्ता चौधरी– कन्या पुत्री भन्नासाथ बाल्यकालको समझना आउँछ। कन्या अर्थात् बेहुली अनु पुत्री भनेको पुतला हो। खासमा कन्या पुत्री एउटा खेल हो जो बाल्यकालमा करिब सबैले खेलेको हुन्छ। कन्या र पुत्री दुबै थारु भाषाबाट आएकै शब्द हुन्। त्यसैले कन्या पुत्रीलाई थारु समुदायसँग जोड्न सकिन्छ। खास गरेर पूर्वी तथा मध्य तराईका जिल्लामा थारु समुदायका बालबालिकाहरूले यो खेल खेल्ने गर्छन्।
थारु समुदायमा हुर्केका अन्य समुदायका बालबालिकाहरुले पनि यो खेल खेल्ने गर्छन्। यसको नाममा कन्या आएपनि त्यहाँ केटा-केटी, सबैको पुतली बनाइएको हुन्छ। कतै कतै यसलाइ राजारानी खेल पनि भनिन्छ। तर ‘कन्या पुत्री’ पश्चिम तराईमा थारु समुदायमा विकसीत पर्वको रुपमा मनाइन्छ। जसको नाम ‘टिहुवार गुरही’ दिइएको छ।
पश्चिम थारु समुदायमा पर्वको रुपमा विकसित भएकाले यसलाई धुमधामका साथ मनाइन्छ तर पूर्वी र मध्य थरुहट तराईका थारु बालिकाको लागि खेलकै रुपमा स्थापित छन्। पूर्वी तथा मध्य तराईमा कन्या पुत्री एउटा खेलको रुपमा खेलिने भएकाले त्यस क्षेत्रमा पर्वको रुपमा विकसित हुन सकेको छैन। तसर्थ यसको तिथि मितिको टुङ्गो हुँदैन।
विशेष गरेर यो गर्मी महिनामा र फुसर्दको बेला खेलिन्छ। गर्मी महिनाको पनि दिउँसो र बेलुकातिर खेलिन्छ। ब्राखा, भैँसी चराउन जानुपरे बेलुका खेलिन्छ। अरु बेला दिउँसो खेलिन्छ। स्थानको कुरा गर्नुपर्दा घर पछाडिको बारीमा, पिपलको चौतारीमा, आँपको रुखमुनी, खेतको ठूलो आगी, गोरहा अर्थात् गोबरबाट बनाइएको इन्धन बनाउने ठाउँको कुना कप्चालाई छानिन्छ। जहाँबाट खोला, पोखरी, खता अर्थात् कम पानी जम्मा भएको ठाउँ नजिक होस्।
कन्या पुत्री हजुर आमा र आमा वा परिवारको जेष्ठ सदस्यबाट बनाउन लगाइन्छ। कपडाको टुक्राटुक्रीलाई कन्या पुत्रीको लागि ओछ्यान पनि बनाइएको हुन्छ। पुत्रीहरुलाई खेलमा विभिन्न भूमिका दिइएको हुन्छ। कोही मुख्य कन्यालाई सुरक्षा दिने त कोही नोकर्नीको भूमिका पाएको हुन्छ। सबैको कामचाहिँ बालबालिकाले नै गर्छन्। gudiya festival
केटाहरुलाई भने भोजन खोज्ने काम दिइन्छ। रमाइलो लागि खेलिने यो खेलमा सेतो बालुवालाई चामल, घासपातलाई तरकारी, पानीलाई दालको रुपमा लिइन्छ। मासुको लागि बालक केटाहरु कमिला र टुकनी (टुकनी थारु शब्द हो। यो एक प्रकारको उडने किरा हो पुतलीजस्तै) लाई समातेर ल्याउँछन्। केटीहरुले चाहिँ खाना पकाएजस्तो गर्छन्। पछि सबै खाना पाकेपछि केटाहरुलाई लाइनमा बसाएर केराको र अन्य विरुवाको पातमा खाना दिइन्छ। केटाहरुले पनि खाएजस्तो अभिनय गर्छन्। पछि केटीहरु पानी लिन नजिकको पोखरी, खोलातिर जाँदा केटाहरु लठीले हानेर कन्या पुत्रीलाई फालेर भागिसकेको हुन्छ। यसरी कन्या पुत्री खेलिन्छ।
पश्चिम तराईको टिहुवार गुरही अर्थात् कन्या पुत्री, कन्या पुत्री खेलको विकसित रुप गुरही पर्व हो। कन्या पुत्रीजस्तै पुतली अर्थात् गुडियाको प्रयोग गुरहीमा गरिन्छ। गुरही शब्द गुरियाबाट परिवर्तन भएर आएको हो। जसको अर्थ गुडिया अर्थात् पुतली हुन्छ। जसलाई पूर्वि तराईमा पुत्री भने चिनिन्छ। यसरी कन्या पुत्रीको अर्थ गुरही पर्वमा संयोजन भएको हो।
gudiyaगुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीको दिन मनाइन्छ। नाग पञ्चमीको दिन मनाउने भएकाले गुरही पर्वको कथालाई नाग पञ्चमीमा पनि जोडियो। पर्वको रुपमै मनाउने भएकाले गुरहीमा विभिन्न खानाको परिकारसहित गुरही पिटेर मनाइन्छ।
कन्या पुत्रीजस्तै गरी मनाइए पनि गुरही पर्व धेरै व्यवस्थितरुपमा मनाइन्छ। यो पर्व मनाउने क्रममा सबैको उपस्थिति हुन्छ र मनाउनेहरु थारु पहिरनमा गरगहनासहित सजिएको हुन्छ। गुरही पर्वका विभिन्न किंबदन्ती भए पनि कन्या पुत्रीबारे खासै केही छैन। कन्या पुत्रीबारे पनि अध्ययन हुन जरुरी देखिन्छ।
अन्तयमा कन्या पुत्री र गुरही पर्वमा विविधता भए पनि कुनै न कुनै रुपमा एक अर्कामा सम्बन्ध कायम नै भएको पुष्टि गरेको छ। थारुको परम्परा, पहिरन, भाषा, चालचलन फरक-फरक भए पनि सबैबीद्ब एउटा समानता हुन्छ। यसलाई थारु जातिको एक प्रमुख विशेषताको रुपमा बुझ्न सकिन्छ।
सुन्दरपुर, उदयपुर

One thought on “कन्या पुत्री

Leave a Reply

Your email address will not be published.