सिद्धार्थनगर- नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको भनी संसद्मा नै भाषण गरेपछि लुम्बिनीवासी खुसी भएका छन्। भारतका कतिपय नागरिकले नै पटकपटक लुम्बिनी भारतमा पर्छ भन्ने गलत प्रचारप्रसारबाट आजित भएका यहाँका बासिन्दा प्रधानमन्त्री मोदीले नै हिंसाको अन्त्य बुद्धभूमि नेपालबाट भएको भन्ने भाषणले खुसियाली बनाएको लुम्बिनी विकास कोषले जनाएको छ।
संयुक्त राष्ट्र सङ्घबाट समेत नेपालमा नै बुद्ध जन्मेको प्रमाणित गरिसक्दा पनि भारतका कतिपयले यस वास्तविकतालाई वेवास्ता गरेको बेलामा भारतीय प्रधानमन्त्री नेपालमा आएर बुद्धको देश नेपाल भन्दै पटकपटक भाषण नै गरेपछि गलत सन्देश फैलाउनेका लागि राम्रो जवाफ मिलेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम अर्यालले बताए।
विश्वको ध्यान आकर्षित गरिरहेको लुम्बिनीको विषयमा भारतका प्रधानमन्त्रीले प्रशंसा गर्दा आफूहरुलाई आनन्दित बनाएको लुम्बिनीका स्थानीय बासिन्दा बिन्दु चौहानले बताए। लुम्बिनीमा वर्षौंदेखि ध्यान गरिरहेका बौद्ध भिक्षुहरुसमेत भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण र बुद्धको देश नेपाल भनेर भाषण गरिरहँदा लुम्बिनीको गरिमा उँचो रहेको भन्दै खुसियाली मनाएका छन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर