सिंहदरवार गेटमा प्रहरीबाटै कुटिए हवलदार

Gyan Bdr Chaudhary

काठमाडौं- राजधानीको मुख्य प्रशासनिक ठाउँ मानिने सिंहदरबारभित्रै एक प्रहरी हवलदार प्रहरीबाटै कुटिएका छन्। बर्दिया मोहम्मदपुर-७ जोशीपुरका ज्ञानबहादुर चौधरीलाई आइतबार सिंहदरबार गेटमा बस्ने प्रहरी सहायक निरीक्षक लुमा डाँगी र हवलदार रामबहादुर चन्दले कुटपिट गरेका हुन्। मुगुमा कार्यरत चौधरीले स्वास्थ्य उपचारको रकम भुक्तानीका लागि अर्थमन्त्रालय जाने क्रममा आफ्नै समकक्षीबाट कुटिएका हुन्। टाउको र आँखामा गम्भिर चोट लागेको चौधरीको प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
त्यस्तै दिनदहाडै ड्युटीमा खटिएका प्रहरीले निर्धात कुटपिट गरेको भन्दै थारुसम्बन्धी सम्बन्धी संघसंस्थाले भर्त्सना गरेका छन्। सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

‘स्वास्थ्य उपचारको रकम भुक्तानी लिन अर्थमन्त्रालयमा जाने क्रममा सिंहदरबार परिसरमा प्रवेश गर्न खोज्दा गेटमा रहेका प्रहरी सहायक नीरिक्षक लुमा सिंह डांगी र प्रहरी हवलदार राम बहादुर चन्दले अपशब्द प्रयोग गर्दै निज प्रहरी हवलदार ज्ञानबहादुर चौधरीको टाउकोमा इँटा प्रहार गर्दै निर्घात रुपमा कुटपिट गरिएको घट्नाप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘सुरक्षमा खटिएका प्रहरी प्रशासनबाटै सिंहदरबारजस्तो स्थलमा दिन दहाडै रक्षक नै भक्षक भएर गरिएको निन्दनीय उक्त घटनाको सत्य तथ्य विवरण यथासक्य नेपाल सरकारबाट तुरुन्त पत्ता लगाई दोषीमाथि हदैसम्मको कारबाही गर्न गराउन हामी जोडदार माग गर्दछौं।‘

त्यस्तै गृहमन्त्री बामदेव गौतमले दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन्। दिनदहाडै देशकै मूल प्रशासनिक केन्द्रमा कुटपिट भएको घटना सुनाउँदै थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सभासद् गोपाल दहितले गृहमन्त्री गौतमको ध्यानाकर्षण गराएका थिए। घटनाप्रति दुःख मनाउँदै गौतमले दोषीमाथि कानुनी कारबाही गर्ने आश्वासन दिएको सभासद दहितले बताए।
संयुक्त प्रेस विज्ञप्ती जारी गर्ने थारु संघसंस्था

थारु संयुक्त संघर्ष समिति
थारु कल्याणकारिणी सभा केन्द्रीय समिति
थारु विद्यार्थी समाज केन्द्रीय समिति
बर्दियाली थारु विकास मञ्च काठमाडौं
थारु पत्रकार संघ केन्द्रीय समिति
थारु महिला जागरण केन्द्र नेपाल
कोशी थारु समाज काठमाडौं
थारु आदिवासी गैरसरकारी संस्था महासंघ
सर्वहित समाज नेपाल
कैलाली कञ्चनपुर मैगर थारु विकास समाज काठमाडौं
थारु कम्युनिटी डट कम÷थारु कम्युनिटी फेसबुक पेज
थारु महिला समाज
थारु संस्कृति तथा संगीत कला मन्दिर
थारु कल्याणकारिणी सभा उपत्यका

Leave a Reply

Your email address will not be published.