‘सरकारमा थारु खोइ? कि कांग्रेस-एमालेमा थारु सभासद् छैनन्?’

Ganga Chaudhary_tharuhat_tarei_party_nepal_lawmakerकाठमाडौं- थरुहट तराई पार्टी नेपालकी सभासद गंगा चौधरीले सरकारमा एकजना पनि थारु सभासदलाई नसमेटेको भन्दै आपत्ति जनाएकी छिन्। बुधबार बसेको संविधानसभाको बैठकमा एमाओवादीकी सभामुखकी उम्मेदवार ओनसरी घर्तीको नाममा सहमति जनाउँदै चौधरीले भनिन्, ‘सरकार किन थारुको सहभागीता हुन सकेन? के कांग्रेस एमाले पार्टीमा थारु आदिवासी जनजाति सभासद छैनन्?’

उनले कांग्रेस-एमालेलले थारु जातिका सभासदलाई बाइपास गरेर अघि बढे सरकार कति दिनसम्म टिक्ला भनेर प्रश्न समेत गरिन्। उनले अन्यायका विरुद्धमा थारु आदिवासी जनजाति सभासदहरु एकजुट हुनु पर्नेमा जोड दिइन्। चौधरीले उपसभामुखमा दुई महिलावीच प्रतिस्पर्धा हुनु राम्रो कुरा भएपनि आफ्नो पार्टीको निर्णय अनुसार एमाओवादीकी उम्मेदवार घर्तीलाई समर्थन गरेको बताइन्।

यस्तै अर्की थारु सभासद संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवम् सभासद रुकमिनी चौधरीले उपसभामुखको निर्वाचनमा महिलामात्रै उम्मेदवार हुनले राम्रो सन्देश दिएको बताइन्। उनले भनिन्, ’महिला-महिलाबीच प्रतिस्पर्धा हुनु राम्रो कुरा हो। यसले महिलाहरुले पनि पुरुषहरुसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ।’

3 thoughts on “‘सरकारमा थारु खोइ? कि कांग्रेस-एमालेमा थारु सभासद् छैनन्?’

  1. Sabhasad Gangaji r Rukminiji ko kura bahut jayaj lagyo r mero hridaydekhi samarthan6,yes kurama sabai tharu sabhasad r netaharuko aakha khulnaipa6,jhandai taraiko 3/4 bhag (75%) ma tharu ko majority hudahudai kin barambar tharu jatilai sarkhar r party haru bat upekchhit garin6 ya hueen6???! Yesma sabai dal ka tharu neta r aguwa harule bichar garnai parne ho ki ??!beware!! Sambidhan batai hamro adhikar r pahichan harauna sakla…..!!?!!

  2. बधाई छ सभासद गंगा ज्यू ! असमावेशी मन्त्रीमण्डलको बिरोधमा पहिले आवाज उठाएकोमा । बास्तवमा यो मन्त्रीमण्डल बिल्कुल असमावेशी छ । यसले उत्पीडित जनताको आवाजलाई सुनुवाई गर्दैन भन्ने कुरा करिब करिब स्पष्ट छ । सही काम, कुराको समर्थन र गलत काम, कुराको बिरोध समयमै गर्नुस्, उत्पीडित जनता तपाईको साथमा हुनेछन् ।

  3. माननिय सभासदहरु गंगा र रुक्मिणीमा सर्व प्रथम जय थरुहटको अभिवादन ! तपाईंहरुको जोडदार आवाज र संघर्षशिल कदमले थारु जातिहरुमा आशा पलाएको छ । तपाईंहरु नै वास्तवमा थारुहरुका हक ,अधिकारको लागि लडने सच्चा नेता हुनुहुन्छ । अन्य पार्टीमा पनि आफुलाई ठुलो भन्ने तर थारुहरुको हक र अधिकारको बारेमा एक शब्द नबोल्ने बाहुने पुच्छर थारु सभासद पनि छन । तिनिहरुलाई तपाईंहरुले चुनौती दिनु भएको छ । तपाईंहरुको आवाज अहिले हरेक थारुका मन मस्तिस्कमा गुन्जिरहेका छन । तपाईंहरुको कदम अझ बलियो र जुझारु बन्दै जाओस भन्ने शुभ कामना सहित् ।
    सोमना थनेत थारु
    नवलपरासी

Leave a Reply

Your email address will not be published.