सारी लाउन सिकिन् सन्नीले

Sunny leone

एजेन्सी- बलिउड अभिनेत्री सन्नी लियोन ‘कथाले मागेजति अंग प्रदर्शन’ गर्न माहिर मानिन्छिन्। ‘पोर्न फिल्म’बाट बलिउड प्रवेश गरेकी उनलाई निर्देशकले फिल्ममा नंग्याउने चेष्टा गर्न अझै छोडेका छैनन्। यस मामिलामा बलिउड अभिनेता सलमान खान भिन्न छन्। प्रायः सबैले नंग्याउन खोज्ने सन्नीलाई उनले सारी लगाउन सिकाएका छन्।
अवार्ड वितरण कार्यक्रमको प्रस्तोता बनेका सलमानले सोही कार्यक्रममा सन्नीलाई सारी लगाउन सिकाएका हुन्। कार्यक्रमलाई उनले आफ्नो आगामी फिल्म ‘जय हो’को प्रमोसनका निम्ति उपयोग गरेका थिए। भारतीय टेलिभिजन च्यानल ‘जी न्युज’का अनुसार सलमानले सन्नीलाई नीलो रङको सारी लगाइदिएका थिए। बलिउड सुपरस्टारबाट सारी लगाउन पाउँदा सन्नी ज्यादै मक्ख परेकी भारतीय अनलाइनहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published.