कमलरी राख्‍ने जोसुकैलाई कारबाही हुन्छ : मन्त्री प्रधान

kamlari mukti dibas_2070-1

दाङ- महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले कमलरी राख्नेा जोकोहीलाई कानुनु कठघरामा ल्याएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकी छन्। बालकल्याण समितिद्वारा घोराहीमा आयोजित कमलरी मुक्ति दिवसमा अवसरमा उनले सरकारले मुक्त कमलरी घोषणा गरिसकेको हुँदा त्यस्तो अपराध गर्ने सबैलाई कारबाही गर्ने बतइन्। पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायका चेलीलाई पैसाको प्रलोभन देखाएर कमलरी राख्नेा गरिन्छ। ‘कलिलो बालिकालाई दासी बनाउनेलाई कुनै हालतमा छाडिन्न,’ उनले भनिन्।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी मन्त्री प्रधानले यो राष्ट्रलाई कमलरी मुक्त घोषणा गर्न यहाँका स्थानीय संघसस्थाको उल्लेखनीय भूमिका रहेको बताइन्। दाङ जिल्लालाई २०६५ माघ १ गते मुक्त कमरफ घोषण गरिएको थियो। उनले दाङमात्र नभएर राष्ट्र नै कमलरी मुक्त घोषणा भइसकेको बताइन्।
कमलरी अभिभावको आर्थिक अवस्थालाई दीगो बनाउन सरकारले सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने मन्त्री प्रधानको जोड थियो। त्यस्तै अभिभावक नभएका मुक्त कमलरीका लागि पनि छात्रबृति रकम बढाउनुपर्ने उनले बताइन्।
महिला, बालबालिका विकास कार्यालयका प्रमुख प्रभा श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, नेपाली कांग्रेस दांगका सचिव शंकर डाँगी, एनेकपा माओवादीका थारुवान राज्य समितिकी सदस्य पुनम शेर्पाइली, नागरिक समाजका सचिव चन्द्रराज पन्त, युथ फाउन्डेशन नेपालका अध्यक्ष सोम पनेरु, मुक्त कमलरी विकास मञ्च दाङका अध्यक्ष उर्मिला चौधरी, पत्रकार केपी घिमिरेलगायतले कमलरी मुक्तिबारे बोलेका थिए।
कमलरी क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान
यसैबीच कार्यक्रममा जिल्लालाई कमलरी मुक्त घोषणाको लागि अभियान चलाएबाफत विभिन्न संघसस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो। कमलरी अभियानमा विशेष सहयोग गरेको भन्दै अमेरिन नागरिक ओल्गा र युथ फान्डेशन नेपालका अध्यक्ष सोम पनेरुलाई ताम्रपत्रको प्रमाणपत्र र दोसल्ला ओढाएर मन्त्री ऋद्धिबाबा प्रधानले सम्मान गरेकी थिइन्। त्यसैगरी मुक्त कमलरी विकास मञ्च, सहयोग समाज नेपाल, र स्वान सस्थालाई अभियानमा विशेष भूमिका निर्वाह गरेको भन्दै कदर पत्र र दोसल्लाले सम्मान गरिएको थियो। kamlari mukti dibas_2070
बालबालिका तथा महिला विकासका प्रमुख प्रभा श्रेष्ठ पत्रकार केपी घिमिरेलाई पनि कदर पत्र र दोसल्ला ओढाएर मन्त्रि ऋद्धिबाबा प्रधानले सम्मान गरेकी थिइन्। त्यस्तै बीए अध्ययन गरिरहेका ३० जना मुक्त कमलरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published.