काठमाडौं– टुडिखेलमा माघ १ गते माघी महोत्सव हुने भएको छ। विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं आइ बसोबास गर्ने थारुहरुले माघी महोत्सव मनाउने भएको हो। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिइयो।
करिब १२ लाख खर्च हुने महोत्सवको उद्घाटन मन्त्रिपरिषका अध्यक्ष खिलराज रेग्मीले गर्नेछन्। महोत्सव मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले महोत्सव तयारी पूरा भएको बताए। उनले पर्चा, पम्पलेट, सांस्कृतिक झलक, महोत्सव टिकट छपाई, हस्तकलाका सामग्रीहरु तथा स्टल निर्माणका लागि आवश्यक पर्ने तयारी पूरा भएको बताए।
थारुको नयाँ वर्षको रुपमा रहेको माघी पर्वमा थारुहरुले सरकारसँग सार्वजनिक विदा माग गरेपछि सरकारले माघेसंक्रान्तिका दिन ०६४ सालदेखि सार्वजनिक विदा दिँदै आएको छ। महोत्सवमा हरेक साल करिब ३० हजार थारुले सक्रियतापूर्वक भागलिने गर्छन्।
मूल आयोजक समितिका संयोजक चौधरीका अनुसार यस वर्षको महोत्सवमा ८० वटा स्टलहरु रहनेछन्। स्टलमा थारुको हस्तकला झल्किने थारु सामग्री, विभिन्न थारु खानाका पाकवान, थारु संस्कृति झल्काउने खालका थारु पहिरनका सामग्री एवं थारुको इतिहास झल्किने विभिन्न पुस्तक, पम्पलेट, पर्चा तथा पत्रपत्रिकाहरु स्टलमा राखिने आयोजकले बताएको छ।
महोत्सवमा प्रवेश शुल्क ४० रुपियाँ तोकिएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर