चार कमलरीको उद्धार

 kamlari recued from dang ghorahi-1

सन्तोष दहित, दाङ- दाङको सदरमुकाम घोराहीको विभिन्न ठाँउबाट छापामारि चार जना कमलरीको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी विलाल पन्थको निर्देशन तथा जिल्ला बालकल्याण समिति दाङको अगुवाइ र मुक्त कमलरी विकास मञ्चको सहयकार्यमा आजदेखि दाङमा कम्लरी छापा मार्ने अभियानको थालनी गरिएको छ। सुरुवातको दिन घोराही दामोदर नजिकै कपडा पसल रहेको पदम श्रेष्ठको घरबाट घोराही ११ रतनपुरका इन्द्रमणी चौधरीको १५ वर्षीया लक्ष्मी चौधरीलाई उद्धार गरिएको हो।
त्यसैगरि चौधरीकै १३ वर्षीया कल्पना चौधरीलाई प्रकाश श्रेष्ठको घरबाट उद्धार गरिएको छ। जिल्ला शिक्षा कार्यालय अगाडि बस्ने ज्ञानबहादुर बस्नेतको घरबाट घोराही ११ रतनपुरकै इन्द्रमणी चौधरीको ११ वर्षीया बिमला चौधरीलाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिले जानकारी दिएको छ। उद्धारपछि तीन कमलरीको अभिभावक इन्द्रमणि चौधरीलाई जिम्मा लगाएको समितिले जानकारी दिएको छ।

त्यस्तै ट्राफिक कार्यालय नजिकै बस्ने रिता श्रेष्ठको घरबाट गंगापरस्पुर-७ देउखुरीका विश्वराज चौधरीको १८ वर्षीया नेमा चौधरीलाई उद्धार गरिएको छ। उद्धारपछि कमलरीका अभिभावक विश्वराज चौधरीलाई जिम्मा लगाएको मुक्त कमलरी विकास मञ्चका सहायक प्रबन्धक सन्तोष दहितले जानकारी दिए। उद्धारमा जिल्ला प्रशासनका अधिकृत विजय गौतम, जिल्ला बालकल्याण समितिका अधिकृत रश्मी पाण्डेय, जिल्ला प्रहरी दाङका प्रहरी निरीक्षक नवराज सुवेदी, मुक्त कमलरी विकासमञ्चका कार्यक्रम गद्दुलाल चौधरी, स्वानका प्रतिनिधि कमल चौधरी रहेका छन्।kamlari recued from dang ghorahi-2

यसैबीच अब देशलाई मुक्त कमलरी राष्ट्र घोषणा गरेपछि गृहमन्त्रालयले कमलरी बसिरहेको सवै जिल्लामा जिल्ला प्रसाशन तथा सम्बन्धित निकायमा काम गर्ने संघसस्थालाई कमलरी उद्धार तथा पुनःस्थापनाको लागि पत्र पठाएको छ। दाङमा पछिल्लो तथ्याङ्कअनुसार ७९ कमलरी अरुको घरमा काम गरिरएको मुक्त कमलरी विकास मञ्चका कार्यक्रम तथा प्रशासन अधिकृत गद्दुलाल चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.