थाकसको २१औं महाधिवेशनको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

Sushil-Koirala

विर्तामोड- प्रधानमन्त्री सुशील कोइराला झापा आउने भएका छन्। थारु कल्याणकारिणी सभाको असोज २९, ३० र ३१ गते हुन गइरहेको २१औं महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री कोइराला झापा आउने भएका हुन्। 

थारु कल्याणकारिणी सभाको बिर्तामोडमा मंगलबार भएको बैठकमा केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले थारु कल्याणकारिणी सभाको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री कोइराला झापा आउने बताएका हुन्।
महाधिवेशनमा ५ सय प्रतिनिधि तथा पर्यवेक्षक, झापा, मोरङ, सुनसरीसहित २४ वटा तराईका जिल्लाबाट थारुहरुको सहभागिता हुने प्रचार प्रसार समितिका सदस्य इन्द्रकुमार चौधरीले जानकारी दिए। महाधिवेशनको उद्घाटन विर्तामोडस्थित नयाँ बसपार्कमा हुने जिल्ला अध्यक्ष काशीलाल चौधरीले बताए।

भेलामा थारु कल्याणकारिणी सभा झापाका जिल्ला सचिव हरिनारायण चौधरी, कोषाध्यक्ष पुष्पलाल चौधरी सदस्य दLपा चौधरी, निवर्तमान अध्यक्ष वीरबहादुर चौधरी, हरिनारायण चौधरीलगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.