लोपोन्मुख थारु लोककला (फोटो फिचर)

lokkala_tharu_arts-4

मुकेश टेंर्रा, धनगढी- महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘लक्ष्य’ कवितामा भनेका छन्, ‘लक्ष्य बिनाको मानिस साँच्चै बाँदरजस्तो हुन्छ।’ मानिसको लक्ष्य उसको पहिचानले निर्धारण गर्छ र मानिसको पहिचान भनेको उसको लोककला र संस्कृति हो। लोककला र संस्कृति विना मानिस पहिचानविहीन मात्रै हुँदैन, मानव सभ्यताको मूल्य र मान्यता पनि रहन्न।
Jaity-2

आ–आफ्ना पहिचानका लागि राष्ट्र्व्यापी रुपमा नेपाली जनता, संगठन र दलहरुले आन्दोलन गरिरहेका छन्। जातीय पहिचानसहितको संघीयता समेत व्यापक रुपमा माग भइरहेको छ। तर विभिन्न जातजातिहरुको पहिचान गराउने लोप हुँदै गएको लोककला र संस्कृतिको संरक्षणप्रति ति पहिचान खोज्नेहरुले चासो दिएका छैनन्।lokkala_tharu_arts-7
पश्चिम नेपालका थारु, कठरियाथारु र रानाथारु जातिको लोककलाभित्र अष्टिम्की, ढकियामा विभिन्न पन्ह्वा (बुट्टा), विवाहिता महिलाको खुट्टा र हातमा पौराणिक ट्याटु, रंगिन पन्ह्वा भएका डेलुवा र भौंका, विभिन्न डिजाईन गुन्द्री, पिर्का, हाते पंखा, छत्री, सुप्पा, लहंया, चोलिया, हलोमा चराको आकार, घरको भित्तामा मयुर, हात्ती लगायतको चित्र, बेर्री, बेर्रा, सिह्रट्टालगायतका वस्तुहरु पर्छन् र खस जातिको लोककताभित्र जैती, स्वस्तिक लगायतका वस्तु पर्छन्।
lokkala_tharu_arts-1

तर पछिल्लो समयमा थारु समुदायको अष्टिम्की, सादा ढकिया, डेलुवा, गुन्द्री, छट्री, सुप्पा, बेर्री मात्रै आक्कलझुक्लक रुपमा मात्रै देखा पर्दछ भने भने खस जातिको जैती कला पनि लोप हुँदै गएको छ। ‘लोककलाहरु लोप भइरहेका छन्’, नेपाल ललितकला प्रज्ञा प्रष्ठिान, लोककला विभागका कार्यक्रम संयोजक अशोक थारुले भने, ‘कतिपय लोककलाहरु लोप भइसकेका छन्।’Astimki-1
ढकिया, पैन, डेलुवा, भौंका र गुन्द्री बनाउने बाँबियो, मुँज, पुँजा, कसुना जस्ता जंगली झारहरु पनि अचेल पाउन छाडेका छन्। नयाँ पुस्ताले यस्ता समाग्री बनाउने कला सिकेका छैनन्। ‘यि वस्तुहरु बनाउने मुँज, कसुना, पुँजा सजिलै पाइन्न,’ ढकिया बुन्न पोख्त कलाकार देउमती चौधरीले भनिन्, ‘अबका मान्छेले यस्ता सामान बनाउन जानेका छैनन्।’lokkala_tharu_arts-2
यी सामानको विकल्पको रुपमा आधुनिक सामाग्रीहरु सहज रुपमा उपलब्ध भएका छन्। प्लाष्टिकका भाँडाहरुले यी समानलाई विस्थापित गरेका छन्। ‘आधुनिककलामा बजार आएपछि लोककला विस्थापित भएका छन्,’ नेपाल ललितकला प्रज्ञा प्रष्ठिानको लोककला विभागकी प्राज्ञ शारदा चित्रकारले भनिन्, ‘आधुनिककलाप्रति युवा पुस्ता बढि आकर्षित छन्।’ यि सामाग्री निर्माणमा प्रतिस्पर्धा र प्रतियोगिता नहुँदा पनि लोककला लोप हुँदै गएको बताउँछन्, थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरी।lokkala_tharu_arts-3
यसको संरक्षण, प्रबर्द्धन तथा बजारीकरणको माध्यमबाट लोककला र कलाकारको सम्मान हुनसक्ने बताउँछन्, लोककला विभागका कार्यक्रम संयोजक थारु। पुरानो पुस्ताबाट नयाँ पुस्तामा लोककला हस्तान्तरण गरेर यसको संरक्षण गर्न सकिने उनले बताए। ‘यसका लागि ठोस योजना बनाउन जरुरी छ,’ प्राज्ञ चित्रकारले भनिन्, ‘अन्तराष्ट्रिय बजारमा पनि लोककलाहरुको ठूलो माग छ।’lokkala_tharu_arts-6
लोककलाको महत्वबारे नयाँ र पुरानो दुबै पुस्तालाई जानकारी गराएर लोपोन्मुख लोककला संरक्षण गर्न सकिने लोककला विद्हरुको भनाइ छ। प्राज्ञ चित्रकारले भनिन्, ‘यसको प्रचारप्रसार र युवा परिचालनबाट लोककला संरक्षण र आधुनिक बजारमा बिक्री वितरण गर्न सकिन्छ।’
मानव सभ्यता र पहिचानको बचाउ लोककलाले गर्छ। त्यसैले यसलाई जोगाइरहन सबैले हातेमालो गर्न जरुरी छ।lokkala_tharu_arts-5

Leave a Reply

Your email address will not be published.