मालेको समानुपातिक सभासद्‍मा शिवचन्द्र चौधरी छनोट

काठमाडौं- सीपी मैनाली नेतृत्वको नेकपा मालेले शिवचन्द्र चौधरीसहित पाँच जना समानुपातिकतर्फका सभचासदको छनोट गरेको छ। बिहीबार बसेको पोलिटब्युरोको बैठकले महासचिव सीपी मैनाली, केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र महिला संघकी केन्द्रीय सदस्य कमलालाई समानुपातिकतर्फको सभासद्‍ चुनेको हो।
बैठकले शंकर आचार्य र हरिहर थापालाई पार्टीको केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको छ। सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा छैटौं राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित केन्द्रीय कमिटीका १४ जना वैकल्पिक सदस्यहरुलाई केन्द्रीय सदस्यमा बढुवा गरेको उल्लेख छ।

दुई दिनसम्म चलेको बैठकले नीरबहादुर क्षेत्री, बाग्लुङ, वसन्त पाण्डे, सिन्धुपाल्चोक, शंकर बोगटी, कञ्चनपुर, राजकुमार श्रेष्ठ, गुल्मी तथा सुदीप पहाडी रौतहटलाई राष्ट्रिय परिषदमा मनोनयन गरेको छ। साथै कृष्णदास चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनित गरेको छ।

पाँचौं पूर्ण बैठकले २३ कार्तिकमा नेकपा (माले) र समाजवादी जनता पार्टीबीच भएको पार्टी एकीकरण गरेको जनाउँदै त्यस प्रक्रियाबाट पार्टीको पोलिटब्युरोमा हिक्मतबहादुर देउबा एवम् गंगाप्रसाद चौधरी तथा केन्द्रीय कमिटीमा दशजनालाई सामेल हुने भनी गरेको निर्णयलाई अनुमोदन गरिएको मैनालीको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.