काठमाडौं- नेपालको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित चितवनमा पुस ११ गतेदेखि दसौं अन्तर्राष्ट्रिय हात्ती महोत्सव आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थलका रूपमा पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवन क्षेत्रीय होटल संघद्वारा आयोजना गर्न लागिएको पाँच दिने सो महोत्सवमा हात्ती दौड प्रतियोगिता, हात्तीका छावाको फुटबल, हात्तीको शृङ्गार, टाँगा दौड, गाडा दौड, डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने छ।
साथै थारुलगायतका सांस्कृतिक कार्यक्रम, खाद्यान्न प्रदर्शनी र विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। ती प्रतियोगितामा सात वटा विदेशी संस्थाका साथै लाइन्स क्लब, व्यापारिक संस्थालगायत वाणिज्य बैंकगरी करिब बीस वटा टोलीले प्रतिस्पर्धा गर्ने र विजयी टोलीलाई नगद तथा कदरपत्र दिइने महोत्सवका संयोजक केशव पाण्डेले बताए।
हात्तीको राजधानी भनेर चिनिएको चितवनमा महोत्सवका बेला यहाँ रहेका करिब १०० हात्तीलाई प्रदर्शनीमा ल्याइने होटल संघका सदस्य घनश्याम श्रेष्ठले बताए। एसियाको सर्वोत्कृष्ट राष्ट्रिय निकुञ्जमध्येको एक चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधताको अध्ययन र अवलोकन गर्न आउने गरेका छन्।
यहाँका करिब १०० होटल र घरबास (होमस्टे)ले राम्रो व्यापार गरिरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छ भने यहाँका सौराहा, माडी, थारु सङ्ग्रहालय, बाघमारा क्षेत्र पर्यटकीय गन्तव्यस्थल हुन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर