दाहालविरुद्ध संविधानसभा अदालतमा रिट दायर

Del416125काठमाडौं- सिराहा जिल्ला क्षेत्र नं. ५ बाट विजयी एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायतबिरुद्ध आज संविधानसभा अदालतमा रिट निवेदन दायर भएको छ। हालै सम्पन्न संविधानसभाको निर्वाचनमा सो क्षेत्रमा प्रतिस्पर्धी बन्नुभएका नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले अध्यक्ष दाहालका कार्यकर्ताहरूबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको आरोप लगाउँदै पुनः मतदान गर्न माग गर्नुभएको छ।
निर्वाचन सम्पन्न भएको भोलिपल्टै सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरी विवादास्पद मतदानलाई नै मान्यता दिएकाले यस निवेदनको टुङ्गो नलागुञ्जेल अध्यक्ष दाहाललाई सपथ गराउनेलगायत सभासद्को हैसियतले कुनैपनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न रिट निवेदनमा उल्लेख गरिएको छ।
सो रिटमा निर्वाचन आयोग, सिरहा क्षेत्र नं ५ का निर्वाचन अधिकृत उद्धब भट्टराईलगायतलाई समेत विपक्षी बनाइएको छ रासस

Leave a Reply

Your email address will not be published.