चितवन- चितवनको जुगेडीमा बन्दकर्ताहरूले गएराति गुडिरहेको एक यात्रुबाहक बसमा आगजनी गरेका छन्। सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना४ख ४७३४ नम्बरको बसमा माथि डाँडाबाट फ्याँकेको आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक सञ्जय राउतले जानकारी दिए। राति अन्दाजी १:३० बजेको समयमा डाँडा माथिबाट आगो फ्याँकेर गाडी जलाएकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। उक्त गाडी स्कर्टिङभन्दा पछि आएकाले जल्नबाट रोक्न नसकिएको प्रहरीको भनाइ छ।
आगो सल्किएपछि यात्रुहरू भने भागेर ज्यान जोगाउन सफल भएकाले कुनै मानवीय क्षति नभएको राउतले बताए। उनका अनुसार राति सबै सवारी प्रहरीको स्कर्टिङमा गन्तव्यतर्फ पठाइएको छ।
यसैबीच पूर्व चितवनको खैरहनी–२ वैरहनीमा सिलिन्डर बम बिष्फोट भएको छ। राति आफैँ पड्किएको उक्त बमबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ। बन्दको त्रासका कारण यहाँ सोमबारदेखि नै निर्वाध रूपमा सवारी सञ्चालन हुन सकेको छैन। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर