भिम चौधरी, कैलाली- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सबै चुनावी अभियानमा केन्द्रित भइसकेकाले कुनै पनि हालतमा चुनाव नरोकिने बताएका छन्। नेकपा–माओवादीलगायत चुनावको बिपक्षमा रहेका दलहरुलाई चुनावपछि संविधान बनाउँदा मूलधारमा ल्याएर संविधान बनाउने जिकिर गरे। ‘हामी सबै चुनावी मैदानमा दौडिसकेका छौं,’ उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका उनले भने, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन।’
‘वैद्यलगायत दललाई ल्याउन धेरै प्रयास गरियो, उहाँहरु आउनुभएन,’ अध्यक्ष गच्छदारले भने, ‘उहाँहरु आफ्नो अडानबाट पछि हट्न सक्नुभएन, शान्तिपूर्वक चुनाव बहिस्कार गर्ने कानुनी अधिकार भएको औंल्याउँदै चुनाव बहिस्कार गर्ने शैलीले उहाँहरुको छबि राम्रो हुन्छ।’
संविधान सभाबाटै समस्यालाई सम्मान पूर्वक निकास दिन सकिने बताउँदै गच्छदारले चुनाव रोक्ने आधार नभएको बताउँदै रोकिए देश विकराल समस्यामा जाने बताए। उनले शान्तिपूर्वक आन्दोलन गरेर निर्वाचनपछि उठाइएका मुद्दालाई मुलधारमा ल्याउने वातावरण बनाउन बिपक्षी दललाई आग्रह गरे।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर