पर्वत- उत्तरी पर्वतको लेखफाँट गाविसमा आज बिहान जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। म्याग्दीको नागीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ज ५१२० नम्बरको जिप पर्वतको लेखफाँट गाविसस्थित धौलापहाड भन्ने स्थानबाट सडकबाट ५०० मिटर तल खसेको थियो।
घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने दुई जनाको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा चालक धाइरिङ– ५ का २२ वर्षीय पृथ्वी पुन, शालिजा– ६ की सात वर्षीया बालिका आयुष्मा पुन, शालिजा– ६ कै १८ वर्षीया ज्ञानमाया पाइजा, लेखफाँट– ९ शङ्कर वीर फकामी, तनहुँ एक्लेफाँटकी मनमाया पुर्जा र गोरखाका भीमबहादुर थापा रहेका छन्।
घाइते आठको म्याग्दी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको प्रहरी निरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। बारीवेनी नागी सडकखण्डमा उक्त दुर्घटना भएको थियो। कच्ची भिरालो सडक भएकाले गाडी नियन्त्रणमा आउन नसकेपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर