बुटवल- बुटवल पव्लिकेशन प्रालिद्धारा प्रकाशित राष्ट्रिय दैनिक ‘बुटवल टुडे’ले प्रथम वार्षिकोत्सव मनाएको छ। सो अवसरमा उत्कृष्ट फिचर समाचार लेखेबापत पत्रकार कमला चौधरीलाई दोसल्ला, कदर पत्र र नगदसहित सम्मान गरेको छ। ‘लुम्विनी अञ्चलमा पर्यटन क्षेत्र’ भन्ने शीर्षकमा फिचर समाचार लेख्न् दिइएको थियो। जसमा चौधरीले नवलपरासीमा थारु होमस्टेबारे फिचर लेखेकी थिइन्। लेखनलाई आधारमा उनको फिचरलाई उत्कृष्ट घोषणा गरेको थियो। बुटवल टुडेका अध्यक्ष हरिप्रसाद पौडेल र प्रबन्ध सञ्चालक नवराज कुँवरले चौधरीलाई कदर पत्रले सम्मान गरेका थिए।
उल्सवकै दिन पारेर चौधरीको फिचर समाचार दैनिक पत्रले फ्रन्ट पेजमा छापेको छ। कमला चौधरी सामुदायिक रेडियो जागरण बुटवल र बुटवलबाट प्रकाशित हुने सवल नेपाल राष्ट्रिय साप्ताहिक पत्रिकामा कार्यरत छन्। वार्षिकोत्सव कार्यक्रममा बोल्दै बुटवल टुडे दैनिक पत्रिकाका अध्यक्ष हरिप्रसाद पौडेलले पत्रिका पाठकको अपार माया, सहकर्मी साथीहरुको सहयोग र विश्वासले पत्रिकाले सफलता पाएको कुरा व्यक्त गरे। आगामी दिनमा पनि सहयोग र साथको अपेक्षा गर्दै सबै पत्रकार, विज्ञापनदाता, पाठक, कर्मचारीमा धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा स्थानीय पत्रकार, राजनीतिक दल, पाठक, विज्ञापन दाता, सुरक्षा निकायका वरिष्ठ व्यक्ति, बुद्धिजीवी लगायतको सहभागिता थियो।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर