सरिता गिरीले किन अन्सन तोडिन्?

काठमाडौं- तराई–मधेसको जनसङ्ख्या वृद्धिसँगै पाँच निर्वाचन क्षेत्र थप्नुपर्नेलगायतका विभिन्न माग राख्दै २२ दिनदेखि अनिश्चितकालीन अनसनमा बस्नुभएका नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले आज अनसन तोडेकी छन्। पार्टीद्वारा आज अनसनस्थल, शान्तिवाटिकामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले सरकारले निर्वाचन क्षेत्र पुनः निर्धारण आयोगको प्रतिवेदनलाई सार्वजनिकसमेत नगरी पारित गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णयले अनिश्चितकालीन अनसन बस्नुको औचित्य नभएको बताइन्।

अध्यक्ष गिरीले तराई–मधेसका मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै यदि संविधान भाको निर्वाचन आगामी मङि्सर ४ गते सम्पन्न हुन नसकेमा मधेसी दलले यो आन्दोलन जारी राख्ने बताइन्। रासस

Leave a Reply

Your email address will not be published.