गच्छदारलाई गृह जिल्लाबाटै उम्मेदवारको सिफारिस

foram loktantrikकाठमाडौं- मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीले सुनसरीबाट संविधान सभा निर्वाचनका लागि उम्मेदवारीको सिफारिस गरेको छ। पछिल्लो समय विभिन्न पार्टीमा आबद्ध शीर्ष थारु नेताहरुलाई पार्टी प्रवेश गराइसकेका गच्छदारलाई उनको गृह  जिल्लाबाटै पार्टीले उम्मेदवारीको सिफारिस गरेको  हो। सुनसरी क्षेत्र नम्बर ३ बाट उनले दोस्रो संविधान सभाको निर्वाचनमा उठनेछन्।

उनीसँगै कांग्रेस र एमाले शीर्ष नेताहरुलाई समेत पार्टीले विभिन्न जिल्लाबाट नाम सिफारिस गरेको छ। कांग्रे सभापति सुशील कोइरालालाई बाँके १ र ३ क्षेत्रबाट सिफारिस गरिएको छ। शेरबहादुर देउवालाई कैलालीको ५ र डडेलधुराको ६ क्षेत्र नम्बरमा सिफारिस गरिएको छ। त्यस्तै पार्टी उपसभापति रामचन्द्र पौडेललाई तनहुँ २ क्षेत्रबाट सिफारिस गरिएको छ।

यता नेकपा एमालले पनि आफ्ना शीर्ष नेताहरुको उम्मेदवारी सिफारिस गरेको छ। पार्टी अध्यक्ष झलनाथ खनाललाई इलामको ३ क्षेत्र र काठमाडौंको ९ क्षेत्र नम्बर सिफारिस गरिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई रौतहटको १ र ६ क्षेत्र र काठमौंको २ क्षेत्र नम्बर सिफारिस गरिएको छ।

त्यस्तै सूर्यबहादुर थापालाई उनको पार्टीले धनकुटाबाट सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published.