माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

asfaqकाठमाडौं- भारत साफ च्याम्पियनसिपको लगातार तेस्रोपटक फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइल खेलमा माल्दिभ्सलाई हराउँदै भारत फाइनल पुगेको हो। भारतका लागि भारतका अरनाब मन्डलले ८६औं मिनेटमा माल्दिभ्सविरुद्ध गोल गर्दै अग्रता लिएको थियो। अन्तिम सयमा गरेको उक्त गोल नै भारतलाई फाइनल पुर्यारयो।

श्रीलंका र भुटानविरुद्ध गोलको वर्षा गरेको माल्दिभ्स र टिम कप्तान अलि अस्फाकले भारतविरुद्ध कुनै जादु देखाउन सकेनन्। सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा पनि भारतले माल्दिभ्सलाई ३-० ले पराजित गर्दै फाइनल पुगेको थियो। भारतले यसअघि ६ पटक साफ च्याम्पियनसिको ट्रफी जितिसकेको छ। नेपालसँगको खेलमा दुई पहेँलो कार्ड खाएर कप्तान सुनिल क्षेत्री भने खेल्न पाएनन्।
आइतबार अफगानिस्तानले नेपाललाई हराउँदै फाइनलमा पुगिसकेको छ। नेपालका मिडफिल्डर रोहित चन्दले पेनाल्टि चुकाउँदा नेपालले पराजय ब्यहोर्नुपरेको थियो।

बुधबार हुने फाइनलमा भारत र अफगानिस्तान भिड्नेछन्। सातौं साफ च्याम्पियनसिपमा पनि यी दुबै टोली फाइनलमा भिडेका थिए। भारतले अफगानिस्तानलाई ४-० ले हराउँदै ट्रफी जितेको थियो।

Leave a Reply

Your email address will not be published.