विज्ञापनसहितका अश्लील साइट हट्ने

pornतपाईंले फेसबुकतिर कहिलेकाहीँ लिंक देख्नुभएको होला– बिहेको भोलिपल्टै देवरसँग सेक्स, भिडियो हेर्नुस्। तपाईंले त्यो लिंकमा क्लिक गर्दा ब्लगस्पटको पेज खुल्छ। त्यहाँ के–के जाति लेखिएको हुन्छ तर भिडियो हुँदैन। भिडियोजस्तो देखिने गरी विज्ञापन राखिएको हुन्छ। यस्तो प्रवृत्ति बढेपछि गुगलले आफ्नो ब्लगर सर्भिसमा विज्ञापनसहित वयस्क सामग्री राख्ने ब्लग साइटहरूलाई डिलिट गर्ने नयाँ नीति ल्याएको छ।
एन्टी सेक्स एड पोलिसीअन्तर्गत गुगलले वयस्क सामग्री राख्ने ब्लगहरूले विज्ञापन राखे डिलिट गर्ने भएको हो। यो नीति जुन ३० देखि लागू भइसकेको छ र त्यस्ता साइटहरूका विज्ञापन डिलिट गर्ने क्रम विश्वभर जारी छ।

Leave a Reply

Your email address will not be published.