काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ट्विटरमा आएका छन्। उनी @BijayGachhadar ह्यान्डलबाट ट्विटर प्रवेश गरेका हुन्। साढे दुई महिनाअघि खोलिएको एकाउन्टमा उनले अहिलेसम्म पाँच ट्विट गरेका छन्। पहिलो ट्विटमार्फत् उनले महात्मा गान्धीलाई अझै सम्झिरहेको लेखेका छन्। ‘असहिष्णुता आफैंमा हिंसा भएको र यसले लोकतान्त्रिक भावनाको विकासलाई बाधा पुर्याउने’ उनले लेखेका छन्।
उनलाई ६ जनाले फलो गरेका छन् भने उनी आफैंले दुई जनालाई फलो गरेका छन्। कान्तिपुर पब्लिकेशन र वेवडिजाइनर विनोद भगतलाई उनले फलो गरेका छन्।
करिब डेढ महिनाअघि उनले पछिल्लो ट्विटमार्फत् भनेका छन्, ‘मधेसीलाई माया गर्ने सबैलाई स्वागतम!’
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर