मुक्त कमलरीले खोले विद्यार्थी संगठन

Kamalari Student unionबाँके- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब १२ हजार मुक्त कमलरीले विद्यार्थी संगठन खोलेका छन्। ‘हक अधिकारका लागि आफैं जागौं, मुक्त भएका कमलरी विद्यार्थी एकजुट बनौं’ भन्ने नारासहित उनीहरुले जिल्ला जिल्लामा संगठन विस्तारको अभियानमा जुटेका छन्। बाँके जिल्लाबाट मुक्त कमलरीले ‘मुक्त कमलरी विद्यार्थी युनिययन’ नाम दिएर संगठन विस्तारको सुरुवात गरेका छन्।
मुक्त भएका कमलरी विद्यार्थीको भेलालले सुमिता कुमारी थारुको अध्यक्षतामा १७ सदस्ययी जिल्ला कार्यसमिति विस्तार गरेको छ। उपाध्यक्षमा सारती चौधरी, सचिवमा कमला थारु, सहसचिवमा सीता थारु, कोषाध्यक्षमा सुनकुमारी चौधरी छन्। त्यस्तै सदस्यमा पार्वती थारु, प्रेमी थारु, गंगा थारु, प्रदेशनी थारु, जानकी थारु, आशिका थारु, दिलकुमारी थारु ‘ए’, दिलकुमारी थारु ‘बी’, सीता थारु, सुमित्रा थारु, सम्झना थारु र इशा थारु छन्। मुक्त कमलरी विद्यार्थीको संगठन विस्तारको सुरुवात थारु विद्यार्थी समाजका अध्यक्ष सन्तोष दहितले गरेका छन्।

मुक्त कमलरी विकास मञ्च बाँकेका अध्यक्ष दिलकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले मुक्त कमलरीको अधिकारका लागि सरोकावालाले सहयोग गर्नुपर्ने बताएका थिए। कार्यक्रमा मुक्त कमलरी विद्यार्थी संगठनले राजनीतिक पार्टीका भातृ संगठनको विद्यार्थीको मस्यौदामा पनि मुक्त कमलरीको मुद्दालाई विशेषरुपमा अगाडि सार्ने दबाब दिन सुझाव दिएका थिए।
मुक्त कमलरी विद्यार्थीको भेलाले मुक्त कमलरी विद्यार्थीका लागि निशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, राज्यबाट आइरहेको मुक्त कमलरीको छात्रवृतिको रकम बढाउनुपर्ने लगायत माग गरेको छ।

बर्दियामा पनि विस्तार
‘आफ्नो अधिकारका लागि आफैं जागौं, मुक्त भएका कमलरी विद्यार्थी एकजुट बनौं’ भन्ने नारा लिएर मुक्त कमलरी विद्यार्थीले संगठन विस्तारका लागि जिल्ला जिल्लामा दौडधुप गर्न थालेका छन। बर्दियामा भएका मुक्त कमलरी विद्यार्थीको भेलाले अनिशा थारुको अध्यक्षतामा १३ सदस्ययी जिल्ला कार्यसमिति विस्तार गरेको छ। उपाध्यक्षमा Kamalari Student union- Bardiya Branchसुमित्रा थारु, सचिवमा अन्सारी थारु, सहसचिवमा कोपिला थारु, कोषाध्यक्षमा रुवा थारु र सदस्यमा मीना थारु, सावित्री थारु, उर्मिला थारु, सीता थारु, कमला थारु, अस्मिता थारु, संगिता थारु र आशा थारु छन्।

Leave a Reply

Your email address will not be published.