गुगल चस्माबाट यौन ‘आउट’

Google-HUD

गुगल ग्लासका लागि तयार गरिएको एप्सले पोर्न किनमेलका लागि बाटो खुलाएको थियो। ग्लासमा नै पोर्न सामाग्री किन्न मिल्ने सुविधा यसले दिन्थ्यो। मानिसहरूले यो चस्मा लगाएर पोर्न फिल्महरू किन्न र हेर्न सक्थे। यतिमात्र होइन यो चस्माबाट मानिसहरूले नजिक नरही एक आपसमा यौनको सुख लिन सक्थे। टाढा रहेका गुगल ग्लास प्रयोगकर्ताले यौन आनन्द लिनसक्ने व्यवस्था यो एप्समा तयार गरिएको थियो।

साथै सेक्स खेलौनासँग पनि यसलाई सिंक्रोनाइज गराउन सक्ने व्यवस्था गरिएको छ। मानिसले आफ्नो आँखामा रहेको ग्याजेटबाट यौन चाहना पूरा गर्न सक्ने सुविधाले धेरैको ध्यान खिचेको थियो।

यो विषय यति विवादित भयो कि गुगलले ग्लासवेयरमा नग्न कुरा, ग्राफिक सेक्स वा यौनिक गतिविधि नराख्ने लिखित नीति नै बनायो।

गुगल ग्लासले तस्बिर खिच्न सक्छ, भिडियो रेकर्ड गर्न सक्छ, म्यासेज पनि आदान प्रदान गर्न सक्छ। बोलीबाट नै टच कन्ट्रोल गर्न सक्ने ओके ग्लास कमान्ड यसमा रहेको छ।

यो चस्माले वाइफाई स्पट अथवा तेथारेड मोबाइल फोनबाट इन्टरनेट कनेक्सन गर्छ। गुगलको सामाजिक सञ्जाल गुगल प्लसबाट यसले खिचेका भिडियो तथा तस्बिरहरू सेयर गर्न सक्ने सुविधा छ।

गुगल ग्लास अहिले सफ्टवेयर डेभलोपरहरूले प्रयोग गरिरहेका छन्। आम उपभोक्तामा यो ग्याजेट रिलिज हुने मिति अझै तय भएको छैन।

Leave a Reply

Your email address will not be published.