काठमाडौं- आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्वलाई आज निवर्तमान नेतृत्वले पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ। महासङ्घद्वारा आज यहाँ आयोजित एक समारोहमा निर्वतमान नेतृत्वले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। महासङ्घका निवर्तमान अध्यक्ष राजकुमार लेखीले जातीयरुपमा मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको आरोप महासङ्घलाई लाग्ने गरेको बताउँदै नयाँ नेतृत्वले सो आरोपलाई चिर्न सक्नुपर्ने बताए।
आठौँ महाधिवेशनद्वारा महासङ्घले जारी गरेको ३० बुँदे घोषणापत्रमा रहेका जायज मागलाई पनि जातीय मुद्दाका रुपमा हेरेको भन्दै उहाँले महासङ्घ समानताको पक्षधर रहेको स्पष्ट पारे।
महासङ्घका नवनिर्वाचित अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिको धर्म, संस्कृति, पेसालगायतका पक्ष ओझेलमा रहेको भन्दै राज्यका हरेक निकायमा आदिवासी जनजातिको पहुँच पुर्याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। महासङ्घको वैशाख २८ देखि ३० गतेसम्म आठौँ महाधिवेशनबाट कुमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर