आदिवासी जनजाति महासङ्घको नेतृत्व हस्तान्तरण

काठमाडौं- आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्वलाई आज निवर्तमान नेतृत्वले पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ। महासङ्घद्वारा आज यहाँ आयोजित एक समारोहमा निर्वतमान नेतृत्वले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। महासङ्घका निवर्तमान अध्यक्ष राजकुमार लेखीले जातीयरुपमा मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको आरोप महासङ्घलाई लाग्ने गरेको बताउँदै नयाँ नेतृत्वले सो आरोपलाई चिर्न सक्नुपर्ने बताए।
आठौँ महाधिवेशनद्वारा महासङ्घले जारी गरेको ३० बुँदे घोषणापत्रमा रहेका जायज मागलाई पनि जातीय मुद्दाका रुपमा हेरेको भन्दै उहाँले महासङ्घ समानताको पक्षधर रहेको स्पष्ट पारे।
महासङ्घका नवनिर्वाचित अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिको धर्म, संस्कृति, पेसालगायतका पक्ष ओझेलमा रहेको भन्दै राज्यका हरेक निकायमा आदिवासी जनजातिको पहुँच पुर्‍याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। महासङ्घको वैशाख २८ देखि ३० गतेसम्म आठौँ महाधिवेशनबाट कुमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published.