लोकमानविरुद्ध दुई घन्टा चक्काजाम

काठमाडौं- नेविसङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका संयुक्त विद्यार्थी सङ्गठनले काठमाडौँ उपत्यकाका निजी तथा सरकारी क्याम्पस आसपास क्षेत्रमा आज दुई घन्टा चक्काजाम गरेका छन्। संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्तिका लागि आइतबार गरेको सिफारिसको विरोध गर्दै ती विद्यार्थी सङ्गठनले बिहान ८ देखि १० बजेसम्म चक्काजाम तथा विरोध प्रदर्शन गरेका हुन्।

नेविसङ्घका प्रवक्ता युपी लामिछानेले पूर्वमुख्य सचिव कार्कीलाई अख्तियार प्रमुख बनाउँदा सहिद परिवार तथा जनआन्दोलनका घाइतेको अपमान हुने हुँदा संवैधानिक परिषद्ले गरेको सो निर्णय तत्काल फिर्ता लिनुपर्ने त्यसो नगरेमा कडा आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए। सो चक्का जामले त्यस क्षेत्रमा केही समय सवारी आवागमन अवरुद्ध भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.