नयाँ आइफोन कस्तो?

iPhone_6सामसुङले ग्यालेक्सी एस फोर बजारमा ल्याइसकेपछि अब प्रविधि दुनियाँमा हलचल मच्चाउने पालो एप्पलको हो। तर, यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। प्रविधिको क्षेत्रमा हल्लाले पनि ठूलो अर्थ राख्छ। कतिपय हल्ला सही पनि साबित भएका छन् भने केही बकम्फुसे छन्। यस पटकभने हल्लाबाजहरू पनि अन्योलमा छन्। उनीहरूले अनुमानै लगाउन सकिरहेका छैनन्, आइफोनको नयाँ संस्करण अर्थात् आइफोन ६ आउँछ वा सुधारिएको संस्करण अर्थात् फाइभ एस आउँछ?
त्यसैगरी नयाँ आइफोन कहिले रिलिज हुन्छ भन्नेमा पनि अन्योल छ। कसैले यही वर्ष अर्थात् सन् २०१३ मै आउने अनुमान गरेका छन् भने कोही चाहिँ सन् २०१४ नटेकी नयाँ आइफोन हेर्न नपाइने बताउँछन्। ती सबैले …विश्वस्त सूत्र’लाई उद्धृत गर्ने गरेकाले अन्योल हुनु स्वाभाविकै हो।
अधिकांशले आइफोन फाइभ एस यो वर्षभित्र आउने अनुमान गरेका थिए। तर, पछिल्ला केही दिनमा फाइभ एस बजारमा आउन ढिला हुनसक्ने भनिएको छ। कहिले आउँछ निश्चित नभए पनि नयाँ आइफोनमा के–के विशेषता हुनसक्छन् भन्ने बारे निकै चर्चा भइसकेको छ।
नयाँ आइफोनको स्क्रिन
आइफोनको विशेषता यसको उच्च गुणस्तरको स्त्रि्कन रहँदै आएको छ। सुरुदेखि नै यसको टचस्त्रि्कनले सबैलाई आकर्षित गर्दै आएको थियो। पछिल्लो पटक निकै स्पष्ट देखिने गरी रेटिना स्त्रि्कनको प्रयोग आइफोनले गर्न थालेको थियो।
यस पटक आइफोनको स्त्रि्कन ४ दशमलव ८ इञ्च हुने हल्ला छ। त्यसो भयो भने यो ठ्याक्कै सामसुङ ग्यालेक्सी एस फोरको जत्रै हुनेछ।
अर्को एउटा अनुमानअनुसार नयाँ आइफोनको पूरै बडीमा स्त्रि्कन हुनेछ। अर्थात् अगाडि पनि पछाडि पनि दुवै स्थानमा स्त्रि्कन। यो अनुमानअनुसार आइफोनमा कुनै पनि किसिमको बटन हुनेछैन। सबै स्त्रि्कनबाटै हुनेछ। भोल्युम सानो, ठूलो पार्न पनि स्त्रि्कनमै देखिने बटन थिच्नुपर्नेछ।
एप्पलले यस्तो डिजाइनको पेटेन्ट दर्ता गरिसकेको भए पनि केही विज्ञहरू यति छिट्टै यस्तो स्त्रि्कन प्रयोग हुन सक्नेमा शंका व्यक्त गर्छन्।

Leave a Reply

Your email address will not be published.