‘स्थानीय गायक पनि सक्षम छन्’

गायक श्रीनिवास चौधरी
गायक श्रीनिवास चौधरी

नेपाली संगीत क्षेत्रलाई माथि उठाउन धेरै कलाकारहरुको योगदान छ। योगदान गायक श्रीनीवास चौधरीको पनि उत्तिकै छ। संगित क्षेत्रमा लागेको एक दशकमै २ सय बढी आधुनिक, हिन्दी, थारु र भोजपुरी गितमा स्वर दिइसकेका चौधरीले ४ वटा एल्वमसमेत बजारमा ल्याइसकेका छन्। कपिलवस्तुको वर्कुलपुर गाविस-१ मा २०३५ सालमा जन्मिएका चौधरी लोकसंगीतबाहेक एक कुशल प्रस्तोता र सञ्चारकर्मीसमेत हुन्। मिडिया र संगीत क्षेत्रमा सँगसँगै अगाडि बढाएका गायक चौधरी गीतसंगीत बिना बाच्न नसक्ने बताउँछन्। उनै गायक चौधरीसँगको कुराकानी:

के गर्दै हुनुहुन्छ?
नयाँ वर्षमा थुप्रै स्टेज प्रोगाम र कन्सर्टमा व्यस्त रहेँ, लोक पप एल्वम निकालने तयारीमा पनि छु। अहिले एउटा थारु भाषाकै फिल्म बनाउने तयारीमा जुटेको छु। यसमा चाहिँ म आफैं अभिनय गर्ने सोच भएकाले पनि अल्ली व्यस्तता बढेको अनुभव भैरहेको छ। त्यसबाहेक नियमित रेडियो र टेलिभिजनको कार्य त भैहाल्यो।

अहिलेको संगीतको अवस्था कस्तो पाउनुभाछ?
अहिले नेपाली संगीतको कुरा गर्नुपर्दा पहिलेभन्दा धेरै राम्रो छ। किनकि विगतमा कतिपय गायक गायिका संगीतको अनुभव बिनै सांगितिक क्षेत्रमा प्रवेश ग। नाम र दाम उतिकै कमाए। तर मेरो बुझाईमा अहिले चाहिँ प्रायजसो गायकले संगीतसम्वन्धी राम्रो अनुभव र सीप सिकेरमात्रै आएका छन्। जसले गर्दा नेपाली संगीत क्षेत्रको धरातल अलिक फराकिलो हुँदै गएको पाएको छु। अहिले नेपालमा पनि थुप्रै त्यस्ता गायक गायिकाहरु हुनुहुन्छ, जसले नेपाली संगीत क्षेत्रलाई माथि उठाउन टेवा पुर्‍याउनुभएको छ। यद्यपि अहिले संगीत क्षेत्रमा मात्रै लागेर बाच्न गाह्रो छ। गाह्रो यो कारणले हो कि, गीत कसैले सुन्न पैसा तिर्दैन, कमाउने भाडो भनेको सिआरविटी र पिआरविटी र स्टेज कार्यक्रम हो। अहिले भिसिडीको बजार पनि खस्किएको छ। जसले गर्दा संगीत क्षेत्रमा मात्रै लागेर बाच्न निकै गाह्रो छ।

त्यसो भए संगित क्षेत्र क्षेत्रनै किन रोज्नुभयो तपाई?
हैन, मैले मिडिया र संगीत क्षेत्रलाई सँगसँगै अगाडि बढाएको छु। तैपनि संगीत क्षेत्र रोज्नुको कारण भनेको संगीतमा यथार्थता र वास्तविकता पाउने हुँदा र यसको जीवन लामो र अजम्वरी रहेकाले मैले यो क्षेत्र नै रोजे। गायन क्षेत्रबाहेक अरु केही पनि सोच्न सकिन र सक्दिन पनि। साँच्चिकै भन्ने हो भने संगीत बिना बाच्नै गाह्रो छ। सानै उमेरदेखि नै गीत संगीत सुने वितिकै गीत गुनगुनाउन मन पर्थ्यो। मेरा बुबा आमा र साथीले मेरो स्वर निकै राम्रो छ भन्नुहुन्थ्यो। उहाँहरुकै यही प्रेरणाले नै २०५८ सालदेखि मैले वागेश्वरी संगीतालय बुटवलमा संगीत सिक्न सुरु गरेँ। २०६१ सालमा मेरो पहिलो एल्वम रेकर्ड गराएको थिए।

तपाईँलाई कस्ता खालका गित रचना गर्नुहुन्छ, काल्पनिक या वास्तविक?
वास्तविकतामै सबै कुरा लुकेको हुन्छ। यद्यपि व्यवसायिकरुपमा संगीत क्षेत्रमा लागेपछि काल्पनिक पनि लेख्नैपर्छ। तर वास्तविकतामा आधारित रहेर गीत रचना गर्दा रमाइलो र राम्रो पनि लाग्छ।

साँच्चै भन्नुसन के हो यो संगीत भनेको?
संगीत यस्तो चिज हो जुन यसबाट अछुतो छैन। अथवा गीत सुन्न नरुचाउने व्यक्ति कमै हुन्छन। हरेकको भाव यसमै लुकेको हुन्छ। रुने मान्छेलाई हसाउने र खुसी मान्छेलाई रुवाउने शक्ति संगीतमै छ।

संगीतको बजार निकै खस्किएको अवस्था छ रेनी, समग्र संगीतको बजार र विकास गर्नका लागि के गर्नुपर्ला?
तपाईँले भन्नुभएको कुरा सही नै हो, संगीतको बजार खस्किएको हो। खास कारण अहिले सरकारले संगीत क्षेत्रको विकास र स्तरनोन्नतिको लागि कुनै वास्ता गरेको छैन। संगीतकर्मी एकजुट हुने हो भने र राजयले संगीत क्षेत्रमा छुट्टै खालको कानुन बनाउनेहो भने पक्कै पनि विकास र स्तरनोन्नत हुन्छ।

कसको प्रेरणाले यहाँसम्म आए भन्ने लाग्छ?
तपाईँलाई म पहिला पनि भनेनी, साथीभाई, बुबा आमा नै हुनुहुनछ पहिलो प्रेरणा। तर हुँदाहुँदै उहाँहरुको मात्रै पैरणाले मात्रै पुगेन। जव मैले पहिलो एल्वम बजारमा ल्याए तथा विभिन्न कार्यक्रममा गीत गाउन जान्थे सबैले भन्नुहुन्थ्यो स्वर राम्रो लाग्यो। साँच्चिनै भन्ने हो भने मुख्य प्रेरणा दिने व्यक्ति या जे भनु मेरो स्वर नै हो।

स्थानीय स्तरमा हुने कार्यक्रममा स्थानीय कलाकारलाई हेर्ने दृष्ट्रिकोण कस्तो छ?

धेरै राम्रो प्रश्न गर्नुभयो। यहाँ म मात्रै हैन वुटवललगायतका अन्य क्षेत्रका यस्ता कलाकार हुनुहुन्छ। जो राष्ट्रियस्तरका कलाकारभन्दा पनि राम्रो कला र गला भएका कलाकारहरु हुनुहन्छ। तर यहाँका स्थानीय स्तरमा हुने मेला महोत्सवमा हुने कार्यक्रममा आयोजकले कम महत्व दिएका हुन्छन्। राष्ट्रिय स्तरका कलाकारलाई सम्मानका साथ कार्यक्रममा बोलाउने गर्छन् भने स्थानीय स्तरका कलाकारलाई बेवास्ता गर्दै जानुले पनि स्थानीय कलाकारमाथि उठ्न नसकेका हुन्। आयोजकले योसम्म पनि गरेका हुन्छन् कि राष्ट्रिय स्तरका कलाकारलाई सम्मानका साथ उचित पारिश्रमिक दिने तर स्थानीय स्तरका कलाकारलाई भने पारिश्रमिकको कुरा गर्दा नाक खुम्च्याउने र यहाँसम्म कि सम्मानपत्र पनि नदिने गर्छन्। अबका दिनमा स्थानीय स्तरका कलाकारलाई पनि मेला महोत्सव तथा हरेक स्टेज कार्यक्रम हुँदा यो कुरालाई ख्याल गरिदिए पक्कै पनि यहाँका कलाकार पनि अघि बढ्ने थिए कि भन्ने मेरो भनाइ हो।

प्रस्तुती रामजी ज्ञवाली

Leave a Reply

Your email address will not be published.