अमेरिकाको बोस्टनमा बम विस्फोट, तीनको मृत्यु

APTOPIX Boston Marathon Explosionsबोस्टन, एजेन्सी- संयुक्त राज्य अमेरिकाको बोस्टन शहरमा सुरु भएको म्याराथन दौडको सुरुवातको समयमा सोमबार राति बम विस्फोट भएको समाचारमा जनाइएको छ। सो समयमा भएको उक्त विस्फोटमा परी कम्तीमा पनि तीनजना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। विस्फोटको समयमा अमेरिकामा अपरान्ह्को पौने तीन बजेको थियो। 
सो दुर्घटनामा परी एकसय जना भन्दा बढी घाइते भएका बताइएको छ। अधिकारीहरुले खेलको सुरुवातका क्रममा उक्त विस्फोट भएको बताएका छन्। धेरै नागरिक जम्मा भएको मौका छोपेर सो विस्फोट गराइएको थियो। सयौँ नागरिकलाई लक्ष्यगरी सो बम हमला गरिएको बताइएको छ।
उक्त घटनापछि अमेरिकी शहरहरु न्युयोर्क, लस एञ्जेल्सलगायतमा उच्च सुरक्षा सतर्कता अपनाइएको पनि समाचारमा जनाइएको छ। अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भीषण रुपमा आतङ्ककारी हमला भएकोले सोमबारको यो घटनापछि पनि सम्भावित त्यस्तै आक्रमणको त्रासले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ।

सो बम विस्फोटपछि अमेरिकी टेलिभिजनमा राष्ट्रपति बाराक ओबामाले उक्त हमलाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको थियो। उहाँले यसका पछाडि कसको हात छ भन्ने बारेमा अहिलेसम्म नखुलेको पनि उहाँले जानकारी दिनुभयो।
उहाँले यो आक्रमणका बारेमा अधिकारीहरुले छिट्टै तथ्य पत्ता लगाउने जानकारी पनि दिनुभएको थियो। तर उहाँले सो हमलामा आतङ्वादीको हात रहेको बारेमा भने केही खुलाउनुभएन। हामीले अहिले नै केही भन्न सक्दैनौँ सो घटनामा कसको हात छ भनेर, तर हाम्रो अनुसन्धानको काम निकै रफ्तारमा अघि बढिरहेकोले के भएको हो भन्ने बारेमा हामी भन्नेछौँ।
अमेरिकी ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो हमलामा विस्फोटक पदार्थको प्रयोग भएको पाइएकोले उक्त आक्रमणमा पनि आतङ्कवादीहरुको हात रहेको हुनसक्ने जानकारी गराएका छन्।
सो म्याराथन दैडमा सहभागिताका लागि हजारौँ नागरिक सो स्थानमा जम्मा भएका थिए। सोही समयमै बम हमला भएको बताइएको छ। सो स्थानमा दुई वटा बम विस्फोट भएका थिए। केही मिनेटको अन्तरमा दुईवटा बम विस्फोट भएका थिए।
बमको आवाज निकै चर्काे थियो। विस्फोटन स्थलामा रहेकी एकजना प्रत्यक्षदर्शी महिलाले अमेरिकी टेलिभिजन सिएनएनसँग उक्त विस्फोट निकै ठूलो स्वरमा भएको भन्दै आफुले त्यस्तो आवाज पहिलो पटक सुनेको बताएकी थिइन्।
एउटा ठूलो म्याराथन दौडका लागि विश्वका विभिन्न देशका नागरिक आ आफ्ना देशका झण्डाका साथ बोस्टनमा जम्मा भएका थिए। सोही मौकामा विस्फोट गराइएको बताइएको छ। विस्फोटमा परी मारिनेमा एकजना आठवर्षको बालक रहेको बताइएको छ। अरु दुई जनाको भने सनाखत हुन सकिरहेको छैन।
उक्त विस्फोटमा परी सयभन्दा बढी घाइते भएको भनिएको छ। तर घटना हुनु अगाडि सो स्थानमा हजारौँ नागरिक जम्मा भएकोले घाइते हुनेको सङ्ख्या यो भन्दा बढी पनि हुनसक्ने अनुमान गरिएको छ।
म्यासाचुसेट्स राज्यका गभर्नर देभल प्याटि्रकले सो हमलामा परी घाइते हुनेमा १२५ जना जति रहेको अनुमान गरिएको जानकारी दिनुभयो। घाइते हुने प्राय सबैको खुट्टामा चोट लागेको छ। कतिपयका दुवै खुट्टा चोइटिएका छन र उनीहरुकहो अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.