तुरीया खोलामा झोलुङ्गे पुल निर्माण सुरु

परासी- नवलपरासीको शुक्रौली गाउँ विकास समितिमा रहेको तुरीया खोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। स्थानीयबासीको लामो प्रयासपछि पुल निर्माणको कार्य सुरु भएको हो। वर्षात्मा सदरमुकाम परासी आउन–जान निकै समस्या भएपछि पुल निर्माण सुरु गरिएको हो। जिल्ला विकास समितिको रु आठ लाख ८० हजार, गाविसको रु ८३ हजार, हेल्भेटास नेपालको पुल निर्माण सामग्री, हिकोडेफको प्राविधिक सहयोग र स्थानीय उपभोक्ता समितिको रु ७१ हजार बराबरको जनश्रमदान गरी कुल रु ३७ लाखको लागतमा पुल निर्माण सुरु गरिएको निर्माण समितिका सचिव रामनरेश यादवले बताए।

सो पुलको लम्बाइ ६१ मिटर र चौडाइ डेढ मिटर रहने निर्माण समितिले जनाएको छ। पुल निर्माणपछि खोला तर्ने समस्या भोग्दै आएका शुक्रौली, बन्झरीया, हकुईलगायतका स्थानीयबासी लाभान्वित हुनेछन्। खासगरी स्कुले विद्यर्थीलाई पुल निर्माण भएपछि विद्यालय आउजाउमा निकै सहजता आउनेछ। रासस

Leave a Reply

Your email address will not be published.