परासी- जताततै महिला हिंसाका घटना बाहिर आइरहेका बेला नवलपरासी जिल्लामा एक विद्यालयका प्रधानाध्यापकले छिमेकी विद्यालयमा अध्ययन गर्ने छात्रामाथि यौन दुर्ब्यवहार गर्न खोजेको आरोपमा प्रहरीले ती प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ। पटक-पटक जबर्जस्तीको प्रयास गरेको भन्दै सोमनी गाविस-३ घोडाहास्थित जनता प्राविका प्राध्यापक ३८ वर्षीय रामनाथ चौधरीले गत बिहीबार पनि पुनः सोही क्रियाकलाप दोहोर्याएको भन्दै पीडित छात्राले प्रहरी कार्यालयमा निवेदन दिएको थिइन्।
अन्य विद्यार्थीसँगै चौधरीको घरमा ट्युसन पढ्न जाने गर्दै गरेकी जहदा गाविसस्थित निरकु माविमा अध्ययन गर्ने जहदा-२ लेबडाकी १६ वर्षीया छात्रालाई बिहीबार घर कोही नभएको मौका पारी यौन दुर्ब्यवहारको प्रयास गरेको आरोपमा छात्राको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
आफूबाहिर जानुपर्ने हुँदा बिहानै ट्यूशन शुल्क लिएर आउन लगाएका चौधरीले जबर्जस्ती गर्न थालेपछि आफू भाग्न सफल भएको पीडित छात्राले प्रहरीलाई बताइन्।
सरले त्यस्तो गरेको कुरा बाहिर भने जे पनि गरिदिने धम्की दिँदै आउने गरेको र डरका कारण सो कुरा आफूले बाहिर नभनेको भएपनि बिहीबार भने अति गरेपछि असैह्य हुँदै आफूले जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै छात्राले प्रहरीमा निवेदन दिएकी छिन् ।
करणीको प्रयास गरेको भन्दै पीडित छात्राले दिएको जाहेरीका आधारमा प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर