कुन एसएसपी कहाँ सुरुवा भए? (लिस्टसहित)

काठमाडौं- गृह मन्त्रालयले एसएसपीहरुको लामो समयदेखि रोकिएको सरुवा गरेको छ। १४ अञ्चल र एसएसपी दरबन्दी रहेका सबै कार्यालयका प्रमुखहरु फेरिएका छन्। स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालय बागमतीमा रमेश खरेल पुगेका छन्। उनी प्रहरी प्रधान कार्यालय युएन शाखामा थिए। नारायणीमा सर्वेन्द्र खनाल, कोशीमा यादव अधिकारीको सरुवा भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका देवेन्द्र सुवेदी युएन शाखामा सरुवा भएका छन् भने उनको ठाउँमा विजयलाल कायस्थ आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँमा काजमा रहेका रणबहादुर चन्दको दरबन्दी सोही ठाउँमा कायम भएको छ।

Leave a Reply

Your email address will not be published.