थारु पत्रकार संघको वार्षिकोत्सव थारु गाँउमै

दाङ- थारु पत्रकार संघ दाङले आफ्नो वार्षिकोत्सव तथा माघी मिलन कार्यक्रम सौडियारको थारु गाँउमा मनाएको छ। सौडियार ९ सिसहनिया स्थित नमुना थारु ग्राममा आयोजित कार्यक्रममा विभिन्न थारु नाच प्रदशन गरिएको थियो। माघीमा नाचिने मघौटा नाच थारु समुदायका कलाकार एवं कार्यक्रममा सहभागी पत्रकारहरु समेत सहभागी भएका थिए।

थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार दाङ शाखाका अध्यक्ष केएल पिडितले थारु जातिको कला सस्कृति छुट्टै किसिमको रहेकोले यस्को संरक्षणको लागि थारु पत्रकारले महत्वपुर्ण भुमिका खेल्नुपर्ने वताएका थिए। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको पिडित आफ्नो पहिचान जोगाइ राख्नको लागि पनि पत्रकारिता माध्यमवाट थारु पत्रकारहरुले क्रियाशिल भएर लाग्नुपर्ने कुरामा जोडदिनुभएको थियो। कार्यक्रममा थारु पत्रकारले जहिले पनि सिर्जनशिल काम गर्दै गर्दै आएको प्रंससा गर्दै संघलाई सहयोग गर्न नेपाल पत्रकार दाङ शाखा सधै अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार वलियो भएमात्रै  समाज विकासमा टेवा पुग्ने भन्दै दाङको विकासको लागि पत्रकारिता अझै बलियो बनाउनुपर्ने वताए। कार्यक्रमको विशिष्ट अतिथिसमेत रहनुभएको पोख्रेल भन्नुभयो पत्रकारिता बलियो भएपछि मात्रै समाज विकासमा टेवा पुग्छ, अहिले पनि आर्थिक, सामाजिक तथा विकास निर्माणको पक्षलाई बलियो बनाउन आवश्यक छ,। त्यसैले सम्पुर्ण विकासको लागि दाङको पत्रकारितालाई अझै बलियो बनाउन आवश्यक रहेको पोख्रेलले वताए। यसैगरि उनले संस्कृति संरक्षणको लागि थारु पत्रकार संघलाई क्रियाशिल बन्न पनि आग्रह गरे। तपाई थारु समुदायको कला, सस्कृति संरक्षणको लागि थारु पत्रकारहरु नै बढी सक्रिय हुनुपर्छ पोख्रेलले भने।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख लोकेन्द्र मल्ल, नेपाली काँग्रेसका प्रतिनीधि भुपवहादुर डाँगी, नेकपा एमालेका जिल्ला सदस्य रामप्रसाद चौधरी, थारु कल्याणकारीणी सभाका अध्यक्ष चन्द्रप्रसाद चौधरी, मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद के.सी, आर . आर. एनका कार्यक्रम संयोजक विकास चौधरी, थारु पत्रकार संघका सल्लाहाकार सविन कुमार चौधरी “प्रियासन”, थारु नमुना ग्रामका अध्यक्ष वेझुलाल चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

यसैगरि कार्यक्रममा राजनीतिक, आर्र्थिक, सामाजिक तथा साँस्कृतिकमा महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै केवि चौधरी, सविन प्रियासन, छविलाल कोपिला, टोपवहादुर चौधरी, सुन्दर चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। त्यसैगरि थारु भाषा, सस्कृतिकमा उल्लेखनीय योगदान पुर्‍याएकोमा गोरक्ष दैनिकलाई पनि प्रंससा पत्र दिइएको थियो।

Leave a Reply

Your email address will not be published.